मकवानपुरमा दुइजना खसी चोर पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मकवानपुरमा दुइजना खसी चोर पक्राउ

सारांश

  • हेटौडा , ५ मंसिर।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातको समयमा तीनजनाको घरबाटजम्मा ६ वटा खसी र १ पाठी चोरि बिक्री समेत गरी फरार रहेका २ जना चोरहरुलाई पक्राउ गरेको छ।
  • उनीहरुले मनहरी गाउपालिका ८ खरंगाका कुमार तामांगको खोरबाट २ वटा खसी ,मनहरी गाउपालिका १९ दारिमटारका सुन्दरलाल श्रेष्ठको खोरबाट २ वटा खसी र १ वटा पाठी र यहि बस्ने रामकुमार थापाको खोरबाट २ वटा खसी चोरेका थिए।

हेटौडा , ५ मंसिर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातको समयमा तीनजनाको घरबाटजम्मा ६ वटा खसी र १ पाठी चोरि बिक्री समेत गरी फरार रहेका २ जना चोरहरुलाई पक्राउ गरेको छ। उनीहरुले मनहरी गाउपालिका ८ खरंगाका कुमार तामांगको खोरबाट २ वटा खसी ,मनहरी गाउपालिका १९ दारिमटारका सुन्दरलाल श्रेष्ठको खोरबाट २ वटा खसी र १ वटा पाठी र यहि बस्ने रामकुमार थापाको खोरबाट २ वटा खसी चोरेका थिए। चोरीको खबर पाएपछि प्रहरीले अनुसन्धानको गर्दैजादा निजहरु हेटौडा १० बसपार्कमा स्थित खसीबजारमा चोरीका खसी पाठी बिक्रि गरि चोरहरु बा १५ च ७६८८ नम्बरको बोलेरो गाडीमा चितवन तर्फ गएको पत्ता लागेको थियो।

उक्त बोलेरो गाडी खोज तलाश गर्दै जादा मनहरी गाउपालिका ०७ स्थित चेकपोस्टमा फेला पारी गाडी चालक रामेछाप गुन्छी ८ बस्ने बर्ष २२ को बिपिन चौलागाई र सोहि गाडीमा सवार रामेछाप चौरी गाउपालिका ९ बस्ने बर्ष २३ को रामशरण चौलागाईलाइ प्रक्राउ गरिएको थियो। निजहरुको जिउ खानतलासी गर्दा रामशरण गौतमले लगाएको पाइन्टबाट ४१ हजार र सर्टबाट ३० हजार बरामद भएको थियो। पछि हेटौडा १० खसीबजारबाट ५ वटा खसी र १ वटा पाठी फेलापारी निज २ जना , बोलेरो गाडी ,७१ हजार रुपैया र खसी पाठी कार्यलयमा ल्याई चोरी मुद्दा शिर्षक अनुसार कारवाही भै रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

(sapns2.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?