यस्तो छ काठमाडौँ क्षेत्र नं १ को चुनावी लेखाजोखा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
४५ पटक हेरिएको
Shares
यस्तो छ काठमाडौँ क्षेत्र नं १ को चुनावी लेखाजोखा

सारांश

  • चुनाव नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी शुरु भएको छ ।
  • सो क्षेत्रमा प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, नेकपा (एमाले) र नकेपा (माओवादी केन्द्र)को वाम गठबन्धनबाट अनिलकुमार शर्मा, पार्टीबाट रवीन्द्र मिश्र, नेपाली काँग्रेस (बिपी) बाट हरिबोल भट्टराई, नयाँ शक्ति पार्टीबाट नारायण ढकाललगायत २२ जनाको उम्मेदवारी परेको छ ।
  • महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका क्षेत्र पर्छन् ।

चुनाव नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी शुरु भएको छ ।

सो क्षेत्रमा प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, नेकपा (एमाले) र नकेपा (माओवादी केन्द्र)को वाम गठबन्धनबाट अनिलकुमार शर्मा, पार्टीबाट रवीन्द्र मिश्र, नेपाली काँग्रेस (बिपी) बाट हरिबोल भट्टराई, नयाँ शक्ति पार्टीबाट नारायण ढकाललगायत २२ जनाको उम्मेदवारी परेको छ ।

महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका क्षेत्र पर्छन् ।

पूर्व उप्रधानमन्त्रीसमेत रहनुभएका काँग्रेसका उम्मेदवार सिंह, माओवादी केन्द्रको विद्यार्थी संगठनका नेता रहनुभएका वाम गठबन्धनका उम्मेदवार शर्मा र बिबिसी नेपाली सेवाका पूर्व प्रमुख रहनुभएका साझा पार्टीका उम्मेदवार मिश्रबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

तीन उम्मेदवारमध्ये यसअघि सोही क्षेत्रबाट दुईपटक निर्वाचित सिंहलाई बलियो उम्मेदवारकारूपमा लिइएको छ । काँग्रेसको मत साझा पार्टीले बढी काटेमा गठबन्धनका उम्मेदवार शर्मालाई निर्वाचित हुन सहज हुने विश्लेषण गरिएको छ । यस्तै नयाँ व्यक्ति र पार्टीका रूपमा साझाका उम्मेदवार मिश्रले पनि बाजी मार्न सक्ने अड्कल छ ।

उम्मेदवार सिंह र शर्माको पारिवारिक सम्बन्ध नै राजनीतिमा जोडिएको छ । सिंह काँग्रेसका संस्थापक एवं पहिलो जनआन्दोलनका कमाण्डर गणेशमान सिंहका छोरा हुनुहुन्छ भने शर्मा माओवादी केन्द्रका नेता एवं ऊर्जा मन्त्री हुँदा विद्युत्भार कटौती गरेर चर्चा कमाउनुभएका जनार्दन शर्माका भाइ हुनुहुन्छ ।

यो क्षेत्रमा गत स्थानीय चुनावको मतपरिणामलाई विश्लेषण गर्दा थोरै मतअन्तरले विवेकशील साझा पार्टी पहिलो, वाम गठबन्धन दोस्रो र काँग्रेस तेस्रो स्थानमा थियो ।

एकता हुनुअघि स्थानीय तहमा विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले पाएको मत ११ हजार २००, एमाले र माओवादीले पाएको मत १० हजार ९८८, काँग्रेस र राप्रपाले पाएको मत १० हजार ३८२ छ तर पछिल्लो समय यो क्षेत्रमा थपिएको पाँच हजार बढी मत कसको पक्षमा जान्छ भन्नेमा पनि अन्योल छ ।

सफा नगर, हरियाली, सफा नदी, चौडा र धुलोरहित सडकजस्ता योजना ती उम्मेदवारले प्रस्तुत गरिरहेका छन् ।

काँग्रेसका उम्मेदवार सिंह आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुहुन्छ । आफूले सांसदका रूपमा विगतमा यो क्षेत्रको विकासका लागि गरेका काम जनताले प्रत्यक्ष अनुभूति गरिरहेकाले फेरि पनि आफूलाई नै मतदाताले विजयी बनाउनेमा उहाँ विश्वस्त हुुनुहुन्छ ।

काठमाडौँका जनता परिवर्तनमा विश्वास गर्नेे र युवालाई नेतृत्व दिने कुरामा यो जनमतले साथ दिने विश्वास आफूलाई रहेको गठबन्धनका उम्मेदवार शर्माले बताउनुभयो । वाम गठबन्धनपछि यो क्षेत्रका मतदातामा उत्साह थपिएको तथा विकास र स्थिरताका लागि गठबन्धनको पक्षमा मतदान गर्ने उहाँले बताउनुभयो ।

साझा पार्टीका उम्मेदवार मिश्रले पुराना पार्टीहरु पटक–पटक परीक्षण भई असफल सिद्ध भइसकेकाले नयाँलाई रोज्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । घरदैलोका क्रममा जनताले देखाएको स्नेह र सद्भावले आफूलाई हौसला बढाएको र निर्वाचित हुनेमा ढुक्क रहेको पनि उहाँले टिप्पणी गर्नुभयो ।

यस्तै प्रदेश सभातर्फ काँग्रेसबाट काठमाडौँ क्षेत्र नं १ (क) दीपेन्द्र श्रेष्ठ र ‘ख’मा सुरजचन्द्र लामिछाने, गठबन्धनबाट ‘क’ मा विष्णुकुमारी भुसाल (भट्टराई) र ‘ख’मा उम्मेदवार गणेशप्रसाद दुलाल तथा साझा पार्टीबाट ‘क’मा समीक्षा बास्कोटा र ‘ख’मा पुरुषोत्तम ढुंगेल उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं १ को ‘क’मा १३ जना र ‘ख’ मा १४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार क्षेत्र नं १मा ४२ हजार ४३० मतदातामध्ये १ ‘क’मा २४ हजार ७५७ र ‘ख’ मा १७ हजार ६७३ मतदाता छन् । काठमाडौँमा प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ २० निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
थाहा पाउनुहोस् तपाईंको राशिफल
थाहा पाउनुहोस् तपाईंको राशिफल
इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने
इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने
‘पत्रिकाको विज्ञापन पार्टीले होइन शुभेच्छुकले छापेका हुन’ एमाले
‘पत्रिकाको विज्ञापन पार्टीले होइन शुभेच्छुकले छापेका हुन’ एमाले
‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन
‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन
ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेवारी सभ्यता समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो छ : प्रचण्ड
नेवारी सभ्यता समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो छ : प्रचण्ड
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार