यी हुन् साढे ५ अर्बको ठेक्का लिने काम नगर्ने पप्पु कन्ट्रक्सनका मालिक !
सारांश
- काठमाडौं, २० भदौ ।
- संघीय समाजवादी फोरम नेपालका सांसद रहेका पप्पु कन्स्ट्रक्सन कम्पनीका मालिक हरिनारायण रौनियरले पुल बनाउन मात्रै साढे ५ अर्ब रुपैयाँको ठेक्का लिएको खुलासा भएको छ ।
- राजनीतिक र विभिन्न दवावमा पारेर रौनियारले एकपछि अर्को ठेक्का लिने लिएर पुलहरू अलपत्र पारेको आरोप छ ।
काठमाडौं, २० भदौ । संघीय समाजवादी फोरम नेपालका सांसद रहेका पप्पु कन्स्ट्रक्सन कम्पनीका मालिक हरिनारायण रौनियरले पुल बनाउन मात्रै साढे ५ अर्ब रुपैयाँको ठेक्का लिएको खुलासा भएको छ । राजनीतिक र विभिन्न दवावमा पारेर रौनियारले एकपछि अर्को ठेक्का लिने लिएर पुलहरू अलपत्र पारेको आरोप छ । रौनियनरको पप्पु कन्ट्रक्सनले ठेक्का लिने, काम अलपत्र पार्ने गरेको भनेर धेरै गुनासाहरू छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पप्पु कन्स्ट्रक्सनमाथि आन्तरिक छानबिनसमेत थालेको छ ।
पप्पु कन्ट्रक्सनको कम्पनीले एकल र संयुक्तमा गरी पुलमा मात्र साढे ५ अर्बको ठेक्का पाएको छ ।
पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका अधिकांश पुल अलपत्र परेका छन् । ठेक्का अवधि सकिएको वर्षौं बितिसक्दा निर्माण प्रगति बढ्न सकेको छैन । पप्पु कन्स्ट्रक्सनले संयुक्त र एकल गरेर ३१ वटा पुलको काम लिएको छ । तीमध्ये १५ वटा पुलको समय सकिसकेको छ ।
अहिले समस्या देखिएको बर्दियास्थित जब्दीघाटको बबई पुल हो । यो पप्पु कन्स्ट्रक्सनको एकल ठेक्का हो । १८ करोड ८४ लाख ८४ हजारमा ठेक्का सम्झौता भएर निर्माणको काम सुरु भएको थियो ।
कमला खोला पुलको ठेक्का पप्पु–लुम्बिनी जेभीले २०६८ असारमा पाए । २०७४ साउनमा सक्नुपर्ने उक्त पुल निर्माणको काम ४५ प्रतिशत मात्र भएको छ । ठेक्का रकम ३० करोड १६ लाख हो । २० करोड ७५ लाख भुक्तानी भइसकेको छ ।रूपनी–राजविराज–कुनौली सडकअन्तर्गत महुली घाडन खोला पुलको ठेक्का पप्पु–मृतसञ्जीवनी जेभीले २०७१ असारमा ठेक्का सम्झौता गर्यो ।
पर्सा–३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसदसमेत रहेका रौनियारले सरकारी तबरबाट भुक्तानीमा ढिलाइ हुने गरेकाले काम गर्न ढिलाइ भएको आरोप लगाएका छन् । उनले पप्पु कम्पनी छोराले जिम्मेवारी लिएको भन्दै आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
प्रतिक्रिया