यस्तो छ, गुलियो चिनीको तीतो कथा
सारांश
- उखु किसानले दुई बर्षदेखि सवा ७ अर्ब रुपैयाँ पाएका छैनन् ।
- ४ महिनायता उद्योगगीको १ लाख ७० हजार टन चिनी बिक्री नभई थन्किएको छ ।
- अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्य घट्ने क्रममा रहे पनि उपभोक्ता प्रतिकिलो ८५ देखि ९० रुपैयाँ तिर्न बाध्य छन् ।
उखु किसानले दुई बर्षदेखि सवा ७ अर्ब रुपैयाँ पाएका छैनन् । ४ महिनायता उद्योगगीको १ लाख ७० हजार टन चिनी बिक्री नभई थन्किएको छ ।
अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्य घट्ने क्रममा रहे पनि उपभोक्ता प्रतिकिलो ८५ देखि ९० रुपैयाँ तिर्न बाध्य छन् । यी तथ्यले देखाउँछ चिनी कारोवार व्यवस्थित हुन नसक्दा बर्षौदेखि किसान, उपभोक्ता र व्यवसायी तीनै पक्ष मर्कामा पर्दै आएका छन् ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार उखु तौलेर जिम्मा लगाएपछि ३० देखि ४५ दिनभित्र रकम भुक्तानी गर्ने सम्झौता भएको थियो ।
कारवाहीको डरले भुक्तानी
उधोग वाणिज्य तगा आपुर्तिमन्त्री मातृका यादवले उद्योगीलाई कारवाही गर्न गृहमा पत्राचार गरेपछि किसानले भुक्तानी पाउन थालेका छन् ।
उद्योगीले सहमति उल्लंघन गर्दै रकम भुक्तानीमा ढिलाई गरेपछि यादवले कारवाहीका लागि गृह मन्त्रालयमा पत्राचार गरेका थिए ।
किसानलाई रकम भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गरी आवश्यक कानुनी कारवाही प्रक्रिया अघि बढाउन मन्त्री यादवले आग्रह गरेका थिए ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया