अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
४० पटक हेरिएको
Shares
अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स

सारांश

  • सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ ।
  • यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।
  • ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ ।

विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् ।

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो । सो विधेयकमाथि अहिले मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । उहाँले भन्नुभयो, “मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।”

चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशक हमालले बताउनुभयो । टुटल र पठाओलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइसकेको छैन । सकेसम्म टुटल पठाओलाई कानूनीरुपमा नै नियममा ल्याउने गरी मन्त्रालयमा पनि छलफल भइरहेको छ ।

सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन अघि नबने पनि प्रदेशहरुले ऐन बनाइरहेका छन् । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशले सङ्घीय ऐनभन्दा पहिले नै नयाँ संविधानुसार ऐन बनाइसकेका छन् । वाग्मती प्रदेशले यातायात व्यवस्थासम्बन्धी नियमावली बनाउने तयारी गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरण: कहाँ लुकेका थिए एसएसपी खत्री?
३३ किलाे सुन प्रकरण: कहाँ लुकेका थिए एसएसपी खत्री?
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
१ सय ३० क्षेत्रको मतगणना चल्दै, जित र अग्रतामा एमालेको बर्चश्व
१ सय ३० क्षेत्रको मतगणना चल्दै, जित र अग्रतामा एमालेको बर्चश्व
सुनसरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु !
सुनसरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु !
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो ःओली
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो ःओली
अर्घाखाँचीमा अहिले सम्म ५५ प्रतिशत मत खस्यो
अर्घाखाँचीमा अहिले सम्म ५५ प्रतिशत मत खस्यो
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा
मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा
फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल
फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल
संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए
संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए