लकडाउनले प्रभावित आयोजना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३०, २०७७
|
|
२१ पटक हेरिएको
Shares
लकडाउनले प्रभावित आयोजना

सारांश

  • चैत ११ मा लकडाउन सुरु भएसँगै पोखरा खानेपानी सुधार आयोजनाको काम पनि रोकियो ।
  • काम गत महिनादेखि पुनः सुरु भए पनि निकै धिमा गतिमा चलेको छ ।
  • लकडाउनअघि भएको कामको तुलनामा अहिले १० प्रतिशत मजदुरले मात्रै काम पाएको खानेपानी संस्थानले बताएको छ ।

चैत ११ मा लकडाउन सुरु भएसँगै पोखरा खानेपानी सुधार आयोजनाको काम पनि रोकियो । काम गत महिनादेखि पुनः सुरु भए पनि निकै धिमा गतिमा चलेको छ । लकडाउनअघि भएको कामको तुलनामा अहिले १० प्रतिशत मजदुरले मात्रै काम पाएको खानेपानी संस्थानले बताएको छ । त्यतिबेला दैनिक पाँच सय कामदार खटिन्थे ।

लकडाउन भएसँगै आयोजनाका मुख्य जिम्मेवार जापानी कन्सलटेन्ट टोली चार्टर्ड प्लेनमा जापान फर्किएका थिए । उनीहरू अझै काममा फर्किएका छैनन् । त्यसैले थोरै जनशक्तिबाट मात्र काम भइरहेको खानेपानी संस्थान पोखराका शाखाका सहायक इन्जिनियर सन्तोषकुमार दासले बताए ।

उनका अनुसार जापानमा रहेका कन्सलटेन्टलाई नेपाल फर्कन सहज हुने गरी भिसाका लागि सहजीकरण गर्न खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?