यस्तो छ तपाइँको आज भाग्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
यस्तो छ तपाइँको आज भाग्य

सारांश

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ ।
  • पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो ।
  • आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट सामान्यतया फाइदा नै हुनेछ । नयाँ कारोबार गर्नु बेस हुँदैन, लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन, दीर्घकालसम्म अडिलो नबन्न सक्छ, त्यसैले तुरुन्त पूरा हुने काममा हात हाल्नु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ’
‘मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ’
गठबन्धनको टुङ्गो भोलिसम्मः अध्यक्ष दाहाल
गठबन्धनको टुङ्गो भोलिसम्मः अध्यक्ष दाहाल
नेपालका कोरोना संक्रमितको संख्या नाघ्यो ५३ हजार
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी
ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी
१० वर्षीया बालिका बलात्कार पछि हत्या प्रकरण: १६ घण्टामै अपराधि पक्राउ !
१० वर्षीया बालिका बलात्कार पछि हत्या प्रकरण: १६ घण्टामै अपराधि पक्राउ !
कहाँ जान्छन् सांसद : कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
कहाँ जान्छन् सांसद : कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेटवार्ता, के भयो छलफल ?
सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेटवार्ता, के भयो छलफल ?
वडाध्यक्षहरू विद्युत चोरीमा संलग्न !
वडाध्यक्षहरू विद्युत चोरीमा संलग्न !
बहुमूल्य रुबीले उठिबास, गाउँलेहरु भन्छन्– यो हाम्रा लागि अभिशाप भयो
बहुमूल्य रुबीले उठिबास, गाउँलेहरु भन्छन्– यो हाम्रा लागि अभिशाप भयो

तपाईंले छुटाउनुभयो कि?