टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०८०
|
|
४२ पटक हेरिएको
Shares
टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

सारांश

  • वीरगञ्ज ।
  • पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ ।
  •          वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् ।

वीरगञ्ज । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । 
      
वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् । 
  
नेपालका चार र भारतका दुुई क्लब गरी छ समूहको सहभागिता रहेको प्रतियोगिताका लिग चरणका सबै खेल जितेर शिर्ष स्थानमा रहँदै आर्मी क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । लिग चरणका चार खेल जितेको पुलिस दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ ।
  
लिग चरणमा पाँचमध्ये दुई खेलमात्र जितेको वान्डर्स क्लब नोइडाले नेटरन रेटमा पर्सा–११ र नेपाल एपिएफ क्लबलाई पछि पार्दै अङ्क तालिकामा चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । योसँगै नोइडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । 
  
अङ्क तालिकामा समान चार अङ्क भए पनि एपिएफलाई नेटरनरेटमा पछि पार्दै पर्सा–११ ले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ । प्रतियोगिताको लिग चरणका सबै खेलमा हार भोगेको भारतको उत्तर प्रदेश क्लब (युपी–११) अङ्कविहीन रहँदै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ ।
  
नारायणी रङ्गशाला पुनःनिर्माणमा तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ समूहको सहभागिता छ । उक्त प्रतियोगिताको फाइनल भोलि (शनिबार) हुने प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोर्डिङ पढाइदिन्छु भन्दै १९ जनाबाट लाखौं उठाएर भागेपछि
बोर्डिङ पढाइदिन्छु भन्दै १९ जनाबाट लाखौं उठाएर भागेपछि
विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा
अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा
ग्रीनलाइफ हाइड्रोले ल्याउँदैछ सर्वससाधारणका लागि शेयर
ग्रीनलाइफ हाइड्रोले ल्याउँदैछ सर्वससाधारणका लागि शेयर
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
नेपाल–भारतमा फेरि ठूलो भुकम्प जाने सम्भावना !
नेपाल–भारतमा फेरि ठूलो भुकम्प जाने सम्भावना !
लौ खुल्यो सपोर्ट माइक्रोफाइनान्सको आईपीओ
लौ खुल्यो सपोर्ट माइक्रोफाइनान्सको आईपीओ