कोरोना नदेखिएपछि खुसी हुँदै घर फर्किए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
१५ पटक हेरिएको
Shares
कोरोना नदेखिएपछि खुसी हुँदै घर फर्किए

सारांश

  • काठमाडौँ।
  • कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनबाट उद्धार गरी ल्याइएका नेपालीलाई कोरोना भाइरस नभएपछि सोमबारबाट क्वारेन्टाइनमुक्त भएका छन्।
  • यही फागुन ४ गतेदेखि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसेका नेपाली सोमबारबाट घर फर्किएका हुन् ।

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनबाट उद्धार गरी ल्याइएका नेपालीलाई कोरोना भाइरस नभएपछि सोमबारबाट क्वारेन्टाइनमुक्त भएका छन्।

यही फागुन ४ गतेदेखि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसेका नेपाली सोमबारबाट घर फर्किएका हुन् । 

चीनबाट ल्याइएका १७५ जनालाई कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएको थियो । दोस्रो चरणमा पनि कोरोना भाइरस नेगेटिभ आएपछि सोमबार एक समारोहबीच उनीहरूलाई बिदाइ गरियो ।
 १६ दिनसम्म क्वारेन्टाइनमा बिताएका नेपाली बिदाइ हुने क्रममा नेपाल सरकार जिन्दावाद, नेपाली सेना जिन्दावाद, नेपाली मिडिया जिन्दावाद, नेपाल प्रहरी जिन्दावादजस्ता नारा लगाउँदै चीनबाट उद्धार
भएकोमा खुसी देखिन्थे । धेरैबेरसम्म नेपाल सरकार, मिडिया र नेपाली सेनाको जयजयकार गरेका थिए । उनीहरूले जीवनमा सबैभन्दा खुसीको क्षण भएको बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?