२ हजार डलरमा इराकमा बिक्रि हुँदै नेपाली युवती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
२ हजार डलरमा इराकमा बिक्रि हुँदै नेपाली युवती

सारांश

  • इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ ।
  • नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ  गरेपछि घटना बाहिरिएको हो ।
  • पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ ।

इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ  गरेपछि घटना बाहिरिएको हो ।

पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अुनसार लक्ष्मी नेपालमै बसेर इरान जाने युवती खोज्ने र श्रीमान नारायण नयाँदिल्लीमा बसेर सेटिङ मिलाउने काम गर्थे ।

बस्नेत दम्पत्तीको गिरोहमा अन्य व्यक्ति पनि रहेको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । नारायण र लक्ष्मीविरुद्ध भने मानव बेचबिखन र संगठित अपराधको मुद्दा सँगसँगै अघि बढाएको छ । यो समाचार नयाँ पत्रिकामा छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?