यस्तो छ Samsung Galaxy Note 9 लिक भयाे तस्बिर

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
यस्तो छ Samsung Galaxy Note 9 लिक भयाे तस्बिर

सारांश

  • स्मार्ट फोनको विश्व बजारमा आफूलाई स्थापित गरेको सामसुङले नयाँ फोन सामसुङ नोट नाइन ल्याउने तयारी गरेको छ ।
  • सामसुङको नयाँ फ्ल्यागसिप फोनका बारेमा विभिन्न आँकलन भइरहेका छन् ।
  • तर अब सामसुङ ग्यालेक्सी नोट नाइनको आधिकारिक तस्बिर सार्वजनिक भएको छ ।

स्मार्ट फोनको विश्व बजारमा आफूलाई स्थापित गरेको सामसुङले नयाँ फोन सामसुङ नोट नाइन ल्याउने तयारी गरेको छ । सामसुङको नयाँ फ्ल्यागसिप फोनका बारेमा विभिन्न आँकलन भइरहेका छन् । तर अब सामसुङ ग्यालेक्सी नोट नाइनको आधिकारिक तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक भएको तस्बिर अनुसार ग्यालेक्सी नोट नाइनमा हेडफोनको ज्याक हुनेछ । ग्यालेक्सी नोट नाइनको तस्बिर सामसुङको वेब साइटमा भुलबस पोस्ट भयो ।

फोन सम्बन्धी जानकारी चुहावट गर्दै आएका इभान ब्लासले यो कुरा थाहा पाए । सामसुङले लगत्तै तस्बिर हटायो । मासेबलले सामसुङ आफूले चुहावट गरेको ग्यालेक्सी नोट नाइनको तस्बिर प्राप्त गरेर प्रकाशित गरेको छ ।

फोनको पछाडिको भागको तस्बिर लिक भएको हो । नयाँ फोनमा एस–पेन स्टाइलस र यसको स्लट, युएसबी–सी कनेक्टर तथा हेडफोन ज्याक हुनेछ । यस्तै ड्युअल क्यामरा, फ्ल्यास तथा फिङ्गप्रिन्ट सेन्सर पनि प्रष्ट रुपमा देखिएको छ ।

यसअघि ग्यालेक्सी नोट नाइनको डिजाइन नोट एटको जस्तै हुने कुरा आएको थियो । लिक भएको तस्बिरले त्यो कुरा पुष्टि गरेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?