गन्ध वा स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २०, २०७६
|
|
४२ पटक हेरिएको
Shares
गन्ध वा स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हो ?

सारांश

  • बीबीसी।
  • गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोना भाइरसको लक्षण हुन सक्ने ब्रिटेनका अनुसन्धानकर्ताहरूले बताएका छन्।
  • लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले कोभिड-१९ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययन गरेको थियो।

बीबीसी। गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोना भाइरसको लक्षण हुन सक्ने ब्रिटेनका अनुसन्धानकर्ताहरूले बताएका छन्।

लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले कोभिड-१९ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययन गरेको थियो।

तर गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमणको पनि लक्षण हो।

विज्ञहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको उल्लेख गरेका छन्।

यदि तपाईँ वा तपाईँसँगै बसिरहेका कोहीमा निरन्तर खोकी वा उच्च ज्वरो देखिएको छ भने कोरोनाभाइरसको सङ्क्रमणको जोखिम नियन्त्रणका लागि घरभित्रै बस्न सुझाव दिइएको छ।

द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणबारे विज्ञहरूलाई बुझ्न थप मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो अध्ययन केन्द्रित गरेका थिए।

कोभिड सिम्पटप ट्रायकर एपका अनुसार सम्भावित लक्षण रहेको भनिएका व्यक्तिहरूले निम्न धारणा राखेका थिएस्

५३ प्रतिशतले आफूले थकित वा गलेको महसुस गरेको बताए

२९ प्रतिशतले निरन्तर खोकी भएको बताए

२८ प्रतिशतले सास फेर्न गाह्रो भएको बताए

१८ प्रतिशतले गन्ध र स्वाद थाहा नपाएको बताए

१०.५ प्रतिशतले ज्वरो आएको बताए

अध्ययनमा सहभागी चार लाख मानिसमध्ये १७ सय २ जनाले कोभिड(१९ को परीक्षण गराएका थिए। त्यसमध्ये ५७९ जनामा कोभिड( १९ देखिएको थियो।

कोरोनाभाइरसको सङ्क्रमण देखिएकामध्ये प्रत्येक पाँच जनामध्ये तीन जनाले स्वाद वा गन्ध थाहा नपाएको धारणा राखेका थिए।

के स्वाद वा गन्ध थाहा नपाउनुलाई अब प्रमुख लक्षण मान्नुपर्छ?

विज्ञहरूले अझै पनि पर्याप्त प्रमाण नरहेको जनाएका छन्।

पब्लिक हेल्थ इङ्ग्ल्याण्ड र वर्ल्ड हेल्थ अर्गनाइजेशनले तिनीहरूलाई सूचीमा राखिसकेका छैनन्।

नाक, कान र घाँटीका चिकित्सकहरूको समूह ईएनटी यूकेले कोरोनाभाइरसको सङ्क्रमण देखिएका केही बिरामीमा यी लक्षण देखिनु आश्चर्यजनक नभएको जनाएको छ। तर ती लक्षणहरू कोभिड(१९ मा मात्रै सीमित छैनन्।

द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले स्वाद वा गन्ध थाहा नपाउनुलाई थप लक्षणका रूपमा ध्यान दिनु उपयुक्त हुनसक्ने भनेका छन्।

तर त्यसलाई मात्रै नभई त्यो भन्दा महत्त्वपूर्ण ज्वरो र रुघालाई बढी प्राथमिकता दिन उनीहरूले सुझाएका छन्।

प्रमुख अनुसन्धानकर्ता टिम स्पेक्टर भन्छन्, “जब अरू लक्षणहरूसँग जोडेर हेरिन्छ, स्वाद वा गन्ध थाहा नपाउने व्यक्तिहरूमा कोभिड(१९ को सङ्क्रमण भएको सम्भावना तीन गुणा बढी भएको हाम्रो तथ्याङ्कले देखाएको छ।“

“त्यही भएर त्यस्ता व्यक्तिले सङ्क्रमण फैलने अवस्था कम गर्न आफूलाई सात दिन एक्ल्याएर राख्नुपर्छ।“

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Did Mishal Raheja accepts that he had a crush on ‘Kundali Bhagya’ actress Shraddha Arya?
Did Mishal Raheja accepts that he had a crush on ‘Kundali Bhagya’ actress Shraddha Arya?
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
खानेकुराको गुणस्तर जाँच्ने मेसिन नेपालमा
चलचित्र ‘निर्जला’को ‘भाले मोटर’ सार्वजनिक
चलचित्र ‘निर्जला’को ‘भाले मोटर’ सार्वजनिक
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
प्रहरीको हतियार लुटियो
प्रहरीको हतियार लुटियो
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु
‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु