अमेरिकी राष्ट्रपति ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपति ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा

सारांश

  • ट्रम्प आर्थिक मञ्चमा सम्बोधन गर्ने १८ वर्षपछि पहिलो अमेरिकी राष्ट्रपति स्वीट्जरल्याण्ड, १२ माघ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा सुरु भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा भागलिन स्वीस सहर डाभोस पुग्नुभएको छ ।
  • सो आर्थिक मञ्चमा सहभागी हुने पछिल्लो १८ वर्षमा अमेरिकी राष्ट्रतिमा उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ ।

ट्रम्प आर्थिक मञ्चमा सम्बोधन गर्ने १८ वर्षपछि पहिलो अमेरिकी राष्ट्रपति

स्वीट्जरल्याण्ड, १२ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा सुरु भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा भागलिन स्वीस सहर डाभोस पुग्नुभएको छ ।

सो आर्थिक मञ्चमा सहभागी हुने पछिल्लो १८ वर्षमा अमेरिकी राष्ट्रतिमा उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले सो मञ्चमा आफ्नो सहभागीतालाई आर्थिक विकासको कडीका रुपमा लिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले विश्व व्यापारमा अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको छ । यसलाई उहाँले ‘अमेरिका फस्ट्’ भन्ने नाम पनि दिनुभएको छ । त्यसैले पनि उहाँको सम्बोधनलाई धेरैले चासोका रुपमा पनि हेरेका बताइएका छन् । उहाँले शुक्रवार नै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिका पहिला भनेर अघि सार्नुभएको व्यापारिक नीति बढी अमेरिकामुखी रहेको भन्दै आलोचना हुने गरेको छ । त्यस पृष्ठभूमिमा पनि उहाँको यस सम्बोधनलाई चासोपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपति ट्रम्पले भने अमेरिकामा आफूले लगानी भित्र्याउन आफ्नो उक्त डाभोस भ्रमण केन्द्रित हुने बताउनुभएको छ । उहाँ डाभोस उड्नुअघि पत्रकारहरुलाई सो प्रतिक्रिया दिनुभएको हो ।

यसअघि सो सम्मेलनमा अमेरिकी राष्ट्रपतिको रुपमा १८ वर्षअघि बिल क्लिन्टन डाभोस पुग्नुभएको थियो । त्यसयता कुनै पनि अमेरिकी राष्ट्रपति त्यहाँ नगएका बताइएको छ ।

त्यस भ्रमणका साथै उक्त मञ्चमा गर्ने सम्बोधनबाट आफूले आधुनिक युगमा र विशेषगरी पछिल्लो समयमा अमेरिका कति महान रुपमा चलिरहेको छ भन्नेबारेमा विश्वलाई नै जानकारी दिने बताउनुभयो ।

उता राष्ट्रपति ट्रम्पले लिएको देशभित्रकै अर्थात आन्तरिक व्यापारलाई मात्र संरक्षण गर्ने नीति लिएको र त्यसले आफूहरुलाई बेफाइदामात्र पु¥याएको विदेशी लगानीकर्ताले बताउने गरेका छन्।

उहाँले यस विषयमा पनि उक्त आर्थिक मञ्चको सम्बोधनका क्रममा स्पष्ट गर्नुहुने बताइएको छ । साथै उहाँको पछिल्लो आर्थिक नीतिका बारेमा स्पष्ट धारणा आउने अपेक्षा पनि सर्वत्र गरिएको विश्वका आर्थिक क्षेत्रका सरोकारवालाहरुले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?