यि मध्ये माओवादी ‘ब्रान्ड’कस्ले कब्जा गर्ला ?
सारांश
- काठमाडौं, १३ जेठ ।
- एमालेसँग एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएपछि तत्कालिन माओवादी केन्द्रको मूलधार बन्न हानाथाप सुरु भएको छ ।
- माओवादीको मूलधार बन्ने कोसिसमा माओवादको नाम र सिद्धान्त त्यागेका बाबुराम भट्टराईदेखि पार्टीको नाम परिवर्तन गरेका नेत्रविक्रम चन्द पनि मिसिएका छन् ।
काठमाडौं, १३ जेठ । एमालेसँग एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएपछि तत्कालिन माओवादी केन्द्रको मूलधार बन्न हानाथाप सुरु भएको छ ।
माओवादीको मूलधार बन्ने कोसिसमा माओवादको नाम र सिद्धान्त त्यागेका बाबुराम भट्टराईदेखि पार्टीको नाम परिवर्तन गरेका नेत्रविक्रम चन्द पनि मिसिएका छन् ।
असोज ६ गते नै तत्कालिन एमाओवादी परित्याग गरेका भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धको अपमान गर्दै एमालेसँग एकीकरण गरेको भन्दै सार्वजनिक असन्तुष्टि जनाएका छन् ।
भट्टराईले एमाले माओवादी पार्टी एकता स्वभाविक भएपनि विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् । ऐतिहासिक जनयुद्धको दश बर्षसम्म विपरीत ध्रुवमा उभिएका र एकअर्कालाई सिध्याउने मनोविज्ञान बोकेका दुई पक्षका नेता कार्यकर्ताको मिलन कसरी होला ? भन्दै उनले त्यसमा व्यवहारिक समस्या हुने बताएका छन् ।
एमालेजनले जनयुद्धमा नलाग्नु र विरोध गर्नु गलत थियो भन्ने भित्री मनले स्वीकार्नु कि प्रचण्ड माओवादीले जनयुद्ध गलत र अपराध थियो भनेर पश्चाताप गर्नुप, दुवै एकैसाथ सही कसरी हुनसक्छन् ? डा भट्टराईले प्रश्न गरेका छन् ।
एमालेसँगको एकीकरणमा असन्तुष्ट समूहलाई समेटेर पार्टीलाई पुनर्जीवन दिने भट्टराईको तयारी छ । त्यसका लागि पार्टीको नाम नै परिवर्तन गर्ने भट्टराई निकटस्थहरुले बताएका छन् । नयाँ शक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्ने पार्टी प्रचार विभागका सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।
लुम्बिनीमा बसेको संघीय परिषद्को चौथौ बैठकले एक एक वर्षभित्र प्रथम महाधिवेशन गर्ने र त्यहीबाट नयाँ शक्तिको नाम परिवर्तन गर्ने निर्णय गरिसकेको थियो । नयाँ शक्ति कालखण्ड मात्रै जनाउँछ, यो टाइमलाइन हो, सधै नयाँभन्दा १० वर्षपछि त सुहाउँदैन, त्यसैले सहभागितामूलक, समावेशी लोकतन्त्रमा आधारित समुन्नत समाजवादमा आधारित पार्टी बनाउन नाम बदल्न खोजेका हौं, भट्टराईको भनाइ छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी एकता प्रक्रियामा गएर नयाँ पार्टी गठन भएपछि पार्टीको ‘ब्रान्ड’ मा मोहन वैद्य र नेत्रविक्रम चन्दको दाबी छ केन्द्रबिन्दुले लेखेकाे छ । उनीहरुले सच्चा माओवादी आफूहरु नै भएको बताएका छन् । वैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि माओवादी ब्रान्डमा युद्धकालिन कार्यकर्तालाई तान्ने प्रयास सुरु गरेका छन् ।
चन्दले अर्धभूमिगत शैलिको कार्यदिशा त्याग्दै शान्तिपूर्ण लोकतान्त्रिक धारको राजनीति गर्नेबारे प्रारम्भीक छलफल सुरु गरेको छ । गोपाल किरातीले त माओवादी केन्द्र पुनर्गठन गर्ने घोषणा गरेका छन् । उनले माओवादी केन्द्रको नाममै पार्टी गठन गर्दै आफू संयोजक रहेका छन् ।
Omraj Limbu
Sabai milda ramro brand honx
Lal Bahadur Chand Thakuri
Biplable
Milan Xr
Iniharuko kamxahina jutna najani futnamatra jani karab ho
Kiran Chapai
प्रचन्डले माओवाद छोड्दा जनयूद्दको अपमान बाबूरामले छोड्दा सम्मान?
Takman Pun
काम छैन यिनी हरुको
Pokharel Kaalu
मैले गर्छु अब
Nima Sherpa
सब्बै लुटेरा हुन
Shivpoojan Panday
सबै चोर हुन।
Yadu Mishra
Sabai bhaduwa lutera le k hi garna sakne walaa xainan
राज बिरजंग राणा
एकादेशमा माओबादी पनी थियो चॉही भयो है
Raju Budathoki Budathoki
Sabee kam nalagne
Deependra Adhikari
Rip
Narayan Thapaliya
Yee sabiee chor huniee janta tagniee dalal hunniee.
Ganesh Kumar
Yi sabai waihaat hun
Jiwan Mani Dulal
माओवादी tag किन चाहियो
Thakur Dharel
Yo 4 Jana kasaile ni sakdaina !!
Sujan Muktan
Gako…
Dipak Kathayat
Ab e kasaile kabja garna sakdainan
Resham Dhamala
raka ejent pani samel!