पाकिस्तानको क्वेटामा बम विस्फोट, १६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
४६ पटक हेरिएको
Shares
पाकिस्तानको क्वेटामा बम विस्फोट, १६ जनाको मृत्यु

सारांश

  • बीबीसी।
  • पाकिस्तानको बलुस्तिान प्रान्तको राजधानी क्वेटाको हजारगंज इलाकामा भएको बम विस्फोटमा पनि १६ जनको मृत्यु भएको छ।
  • स्थानीय प्रहरीका अनुसार यो विस्फोट स्थानीय समय अनुसार करिव आठ बजे  हजारगंज इलाको तरकारी बजारमा भएको थियो।
बीबीसी। पाकिस्तानको बलुस्तिान प्रान्तको राजधानी क्वेटाको हजारगंज इलाकामा भएको बम विस्फोटमा पनि १६ जनको मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार यो विस्फोट स्थानीय समय अनुसार करिव आठ बजे  हजारगंज इलाको तरकारी बजारमा भएको थियो। समाचार एजेन्सी एपीपीका अनुसार आक्रमणकारीले बजारमा रहेको प्रहरी भ्यानलाई लक्षित गर्दै विस्फोट गराएका थिए।
प्रहरी डीआईजी अब्दु रज्जाक चीमाले पत्रकारसँ कुरा गर्दै भने–यो आक्रमणमा १६ जनाको मृत्यु भएको छ। तीमध्ये आठ जना हजारा समुदायका हुन्। मृत्यु हुनेमा एक जना प्रहरी जवान छन् भने बाँकी तरकारी बजारमा काम गर्ने छन्।’
विस्फोटका विषयमा जनकारी दिँदै उनले भने–सुरक्षाकर्मीको एउटा भ्यान तरकारी बजारको एउटा आलु पसल अगाडि पुग्दा विस्फोट भयो।’
 विस्फोट कसले गरायो भन्ने विषयमा केही पनि खुलेको छैन। आत्मघाती विस्फोट हो वा होइन भन्ने विषयमा जाँच भइरहेको प्रहरीले जनाएको छ। विस्फोट आलु पसल बाहिर भएको थियो। विस्फोट हुँदा त्यहाँ धेरै मानिस काम गरिरहेका थिए।
विस्फोटपछि सुरक्षा निकायले उक्त इलाकालाई घेराबन्दी गरेका छन्। बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। विस्फोटमा घाइते भएकाको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार हजारगंज इलाकामा शिया समुदायका मानिसहरुको बाहुल्यता रहेको छ। समाचार एजेन्सी एएफपीका अनुसार विस्फोटमा मृत्यु हुने र घाइते भएका अधिकांश यही समुदायका छन्। पाकिस्तानमा हजारा शिया समुदायमाथि पहिला पनि आक्रमण हुने गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र युएईबीच श्रम सम्झौताको तयारी
नेपाल र युएईबीच श्रम सम्झौताको तयारी
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
चिया श्रमिकले आन्दोलन गर्ने चेतावनी
चिया श्रमिकले आन्दोलन गर्ने चेतावनी
स्वेच्छिक अवकाश दिएका कर्मचारीलाई रोजेकै पायक पर्ने ठाउँमा खटाउने
स्वेच्छिक अवकाश दिएका कर्मचारीलाई रोजेकै पायक पर्ने ठाउँमा खटाउने
यी हुन् साढे ५ अर्बको ठेक्का लिने काम नगर्ने पप्पु कन्ट्रक्सनका मालिक !
यी हुन् साढे ५ अर्बको ठेक्का लिने काम नगर्ने पप्पु कन्ट्रक्सनका मालिक !
प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
युरो कप २०२४ : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त पक्का
युरो कप २०२४ : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त पक्का
भानुभक्तीय टोपी निर्माण गर्न अनुदान
भानुभक्तीय टोपी निर्माण गर्न अनुदान
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…

तपाईंले छुटाउनुभयो कि?