विप्लवका दुईजना कार्यकर्ता पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
विप्लवका दुईजना कार्यकर्ता पक्राउ

सारांश

  • काठमाडौं ।
  • सुर्खेतमा नेत्रबिक्रम चन्द नेतृत्व नेकपा समुहका दुईजना कार्यकर्ता पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्यलाई पक्राउ गरेको हो ।

काठमाडौं । सुर्खेतमा नेत्रबिक्रम चन्द नेतृत्व नेकपा समुहका दुईजना कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्यलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नियन्त्रणमा लिएका दुवैको अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । सुर्खेत प्रहरीले समूहका नेता तथा कार्यकताको खोजी कार्य तीव्र बनाएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?