पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित

सारांश

  • लिस्बन।
  • पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ।
  • उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए।

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ। उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए।

उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ।

उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए।

सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ। उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ।

सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको सङ्क्रमण देखिने नेपालीको सङ्ख्या नौ पुगेको छ ।

पछिल्लो समय कोरोनाको सङ्क्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गरेका छन्। उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् । यहाँस्थित अवैतनिक वाणिज्यदूत मकर हमालले पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई घरमै बस्न आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित
प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश
नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश
बिपी राजमार्गमा ठूला सवारी साधन नगुड्ने!
बिपी राजमार्गमा ठूला सवारी साधन नगुड्ने!
यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
नझुक्किनुहोला, लौरो चिह्न स्वतन्त्र उम्मेदवारको होइन…
नझुक्किनुहोला, लौरो चिह्न स्वतन्त्र उम्मेदवारको होइन…
पारस र ललित चम्किँदा नेपालको सानदार जित
पारस र ललित चम्किँदा नेपालको सानदार जित
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
कीर्गिस्तानले बङ्गलादेशलाई हरायो
कीर्गिस्तानले बङ्गलादेशलाई हरायो

तपाईंले छुटाउनुभयो कि?