नेकपा नेता झक्कु सुवेदीलाई ह्रदयघात
सारांश
- काठमाडौं।
- पूर्व सभासद झक्कुप्रसाद सुवेदीको नर्भिक इन्टरनेसनल अस्पतालमा हृदयाघातको उपचार भैरहेको छ।
- सोमबार बिहान उपत्यका बाहिर जानेक्रममा नागढुंगा पुगेका सुवेदीलाई अकस्मात समस्या देखा परेपछि त्यहिबाट फर्काएर बिहान ११ बजे नर्भिक पुर्याईएको थियो।
काठमाडौं। पूर्व सभासद झक्कुप्रसाद सुवेदीको नर्भिक इन्टरनेसनल अस्पतालमा हृदयाघातको उपचार भैरहेको छ। सोमबार बिहान उपत्यका बाहिर जानेक्रममा नागढुंगा पुगेका सुवेदीलाई अकस्मात समस्या देखा परेपछि त्यहिबाट फर्काएर बिहान ११ बजे नर्भिक पुर्याईएको थियो।
अस्पतालसँग फोन सम्पर्क गरेर आएकाले सुवेदीलाई अस्पताल पुग्नासाथै आवश्यक उपचार प्रक्रिया अगाडि बढाएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
सुवेदीलाई हृदयाघात भएको र डा जेपी जैसवालको टोलीले एन्जियोप्लाष्टि गरेको अस्पतालले जनाएको छ। सुवेदीको मुटुको दायाँ तर्फको नसा पूर्ण रुपमा बन्द भएको अवस्थामा अस्पताल पुगेको र एन्जियोप्लाष्टिपछि बन्द भएको नसा खुलाइएको र अहिले सुवेदीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया