भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाइते
सारांश
- काठमाडौं ।
- भारतमा मोटरसाइकल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ भने एकजना नेपाली घाइते भएका छन् ।
- दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरिमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको थियो ।
काठमाडौं । भारतमा मोटरसाइकल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ भने एकजना नेपाली घाइते भएका छन् ।
दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरिमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी दोगडाकेदार–७ देउलेकका २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैंगलोरबाट सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीले जानकारी दिएका छन् ।
मोटरसाइकल पछाडि बसेका दोगडाकेदार–२ का वीरेन्द्र विष्टलाई तमिलनाडुबाट थप उपचारका लागि बैंगलोर लगिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया