निराकारको शव आज राति नेपाल आइपुग्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ६, २०७९
|
|
५५ पटक हेरिएको
Shares
निराकारको शव आज राति नेपाल आइपुग्ने

सारांश

  • काठमाडौँ ।
  • कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमन्ड सिटी होटेल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज राति नेपाल आइपुग्ने भएको छ ।
  • क्यासिनोमा आगलागी हुँदा होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।

काठमाडौँ । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमन्ड सिटी होटेल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज राति नेपाल आइपुग्ने भएको छ ।

क्यासिनोमा आगलागी हुँदा होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रवार थाइल्याण्ड हुँदै नेपाल ल्याइने बताइएको छ ।

निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदै छ ।

शव आज राति १०ः३० बजे काठमाडौँ आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले)का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिनुभयो । नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिवार झापा आइपुग्ने भएको छ ।

निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिनुभएको थियो । शव नेपाल ल्याउन सरकारले नै खर्च व्यहोर्ने निर्णयसमेत भएको छ ।

सरकारको निर्णयअनुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो । शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ । दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महराको पहलमा गाउँ नै झिलिमिली, स्थानीयले चलाउने उद्योगधन्दा
महराको पहलमा गाउँ नै झिलिमिली, स्थानीयले चलाउने उद्योगधन्दा
‘सयकडा दश’ को साथमा मनोज गजुरेलको जन्मदिन!
‘सयकडा दश’ को साथमा मनोज गजुरेलको जन्मदिन!
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
वाइनको मूल्य घट्यो
वाइनको मूल्य घट्यो
काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा
काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा
चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान
चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान
गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?
लाइफलाइन सडकको बिजोग- १८ घण्टापछि धार्केमा एकतर्फी यातायात सञ्चालन
लाइफलाइन सडकको बिजोग- १८ घण्टापछि धार्केमा एकतर्फी यातायात सञ्चालन
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा
बलिउड कलाकारका यस्ता फोटो पोज, जुन हेरेर हाँसो रोक्न सक्नु हुन्न
बलिउड कलाकारका यस्ता फोटो पोज, जुन हेरेर हाँसो रोक्न सक्नु हुन्न