महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२० पटक हेरिएको
Shares
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!

सारांश

  • बैतडी, २३ साउन ।
  • पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दै गएको छ ।
  • महिलाको नाममा जग्गा पास गर्दा लाग्ने शुल्कमा सरकारले छुटको व्यवस्था गरेका कारण यो क्रम बढ्दै गएको हो ।

बैतडी, २३ साउन । पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दै गएको छ । महिलाको नाममा जग्गा पास गर्दा लाग्ने शुल्कमा सरकारले छुटको व्यवस्था गरेका कारण यो क्रम बढ्दै गएको हो । पहिला महिलाको नाममा जग्गा पास गर्ने चलन थिएन । पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ । आर्थिक वर्ष २०७३÷७४ मा ७९ महिलाको नाममा जग्गा पास भएको थियो । आव २०७४÷७५ मा ९२ महिलाको नाममा जग्गा पास भएको जिल्ला मालपोत कार्यालयका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिए । गत आवमा एक दम्पतीले संयुक्तरूपमा जग्गाको लालपुर्जा लिएका छन् ।

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको समान हक हुने कुरा उल्लेख गरिएको छ । अशिक्षा, जनचेतनाको अभाव र स्वयं महिलाको अग्रसरताको कमीका कारण महिलाको सम्पत्तिमा न्यून पहुँच रहेको पाइन्छ । शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्द सम्पत्तिमा पहुँच पु¥याउनका लागि नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने बताउँछिन् । “पहिलादेखि नै पुरुषको नाममा जग्गा दर्ता गर्ने र उनीहरूलाई नै सम्पत्तिको हकदार ठान्ने चलन थियो,” उनले भनिन् ।

सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्ट सबै स्थानीय तहमा महिलाको पहुँच भएका कारण स्रोेत तथा सम्पत्तिमा महिलाको पहुँच पुगेको बताउँछन् । “हामी यसका लागि अझै पहल गछौँ,” उनले भने । महिलाको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट दिने सरकारले व्यवस्था गरेको छ । महिलाको नाममा भएको लालपूर्जालाई एक महिनाभित्रै संयुक्त नाममा बनाउन सकिने र त्यसका लागि रु एक सय मात्रै खर्च लाग्ने नियम छ । महिला र पुरुष दुवैको नाममा संयुक्त लालपूर्जा बनाएमा पनि सरकारले राजश्वमा २५ प्रतिशत नै छुटको व्यवस्था गरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण एयर एसियाले मलेसिया–काठमाडौं उडान बन्द  गर्दै !
यसकारण एयर एसियाले मलेसिया–काठमाडौं उडान बन्द गर्दै !
यस्तो बन्दैछ एकीकृत पार्टी : दुई अध्यक्ष, २९९ सदस्यीय केन्द्रीय समिति
राष्ट्रिय अखण्डतामा आँच पुग्ने विषयमा जनमत सोच्न पनि नमिल्ने : प्रम ओली
राष्ट्रिय अखण्डतामा आँच पुग्ने विषयमा जनमत सोच्न पनि नमिल्ने : प्रम ओली
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान  !
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान !
यी हिरोइन होइनन् १७ वर्षको उमेरमै जोडिन् करोडौंको सम्पत्ति
यी हिरोइन होइनन् १७ वर्षको उमेरमै जोडिन् करोडौंको सम्पत्ति
बिस्केट जात्राको पहिलो दिन मै  ढुङ्गा हानाहान
बिस्केट जात्राको पहिलो दिन मै ढुङ्गा हानाहान
अारजु राणादेखि पम्फा भुसालसम्मः महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी
अारजु राणादेखि पम्फा भुसालसम्मः महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
एमालेले माओवादीलाई माइनस गर्न खोजेको हो ? यसो भन्छन माधव नेपाल
एमालेले माओवादीलाई माइनस गर्न खोजेको हो ? यसो भन्छन माधव नेपाल
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी

तपाईंले छुटाउनुभयो कि?