यी हुन् अबकाे एआईजीका लागि ५ जना प्रतिष्पर्धी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
यी हुन् अबकाे एआईजीका लागि ५ जना प्रतिष्पर्धी

सारांश

  • काठमाडौं, २९ असार  ।
  • नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटै पद रिक्त रहँदै गर्दा प्रतिष्पर्धामा रहेका ५ जना डीआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् ।
  • एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

काठमाडौं, २९ असार  । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटै पद रिक्त रहँदै गर्दा प्रतिष्पर्धामा रहेका ५ जना डीआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् ।

एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

उनीहरु २९ असार २०४५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा आरम्भ गरेका अधिकृत हुन् ।
हाल कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खरेल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, शाह मानव स्रोत विभाग, जोशी कार्य विभाग र चन्द प्रदेश ७ मा कार्यरत थिए ।

प्रतिष्पर्धामा रहे पनि समयमा सरकारले प्रक्रिया अघि नबढाउँदा बढुवा नभइ घर फर्किनु परेको ती अधिकृतहरुको गुनासो छ । आफूहरुमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको उनीहरुको दुखेसो छ ।

उनीहरुसहित अन्य ३ डीआईजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अवकाश पाउँदैछन् ।
योसँगै अब एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना डिआईजी बाँकी रहेका छन् । जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापाका क्षेत्रीका अनुसार शुक्रबारबाट अवकाश पाउने अधिकृतहरु कार्यरत सम्बन्धित कार्यालयमा विदाइ समारोह राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?