रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
२१ पटक हेरिएको
Shares
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु

सारांश

  • सान साल्भाडोर (एल साल्भाडोर) ।
  • मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् ।
  • समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।

सान साल्भाडोर (एल साल्भाडोर) । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।

प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पु¥याइएको छ ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएसएल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?