सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०८०
|
|
२० पटक हेरिएको
Shares
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ

सारांश

  • काठमाडौं।
  • नेपाल सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ ।
  • परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’ सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको हो ।

काठमाडौं। नेपाल सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’ सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको हो ।

मन्त्रालयले संसद्ले सन् २०२० मा सर्वसम्मतीले स्वीकृत गरेको नेपालको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको उल्लेख गरेको छ । साथै उक्त नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्नेमा नेपाल सरकार स्पष्टरुपमा विश्वस्त रहेको जनाइएको छ ।

नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?