यी ३ राशीका पुरुषप्रति किन युवती भुतुक्कै हुन्छन् ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १९, २०७६
|
|
४९ पटक हेरिएको
Shares
यी ३ राशीका पुरुषप्रति किन युवती भुतुक्कै हुन्छन् ?

सारांश

  • ज्योतिष विज्ञान अनुसार हरेकक राशीले मानिसको जीवनका प्रभाव पार्छन् ।
  • राशी अनुसार मानिसको व्यक्तित्व, बानी व्यहोरा र भविष्य निर्धारण भएको हुन्छ ।
  • हुन त सबै राशीको उत्तिकै महत्व हुन्छ ।

ज्योतिष विज्ञान अनुसार हरेकक राशीले मानिसको जीवनका प्रभाव पार्छन् । राशी अनुसार मानिसको व्यक्तित्व, बानी व्यहोरा र भविष्य निर्धारण भएको हुन्छ । हुन त सबै राशीको उत्तिकै महत्व हुन्छ । तर पनि १२ राशी मध्ये केही यस्ता राशी हुन्छन् ती राशी भएका मानिस अरु भन्दा केही अलग देखिन्छन् ।
हरेक मानिसलाई सुन्दर देखिन र अरुलाई आकर्षित गर्न रुची हुन्छ । कतिपयले हाउभाउ, पहिरहन र व्यक्तित्वका कारण अरुलाई आफुतिर आकर्षित गर्ने प्रयास गरिरहेका हुन्छन् । तर केही राशी भएका पुरुषहरु भने भाग्यमानी मानिन्छन् कारण उनीहरु आफ्नो राशीका कारण अरुभन्दा फरक त हुन्छन नै, उनीहरु प्रति युवतीकको आकर्षण पनि अत्याधिक हुने गर्छ ।

१२ राशीमध्ये ३ यस्ता राशी छन्, जो पुरुषको राशी यी ३ राशी हुन्छन् ती पुरुषले सहजै युवतीलाई आफुतर्फ आकर्षित गर्ने क्षमता राख्दछन् । थाहा पाउनुस ती ३ राशीहरु कुन कुन हुन र किन यी ३ राशी भएका पुरुषलाई महिलाले धेरै मन पराउँछन ?

मिथुन
मिथुन राशि हुने पुरुषहरूको व्यक्तित्व निकै बलियो हुन्छ, जसको कारण उनीहरूले सजिलै महिलाहरूलाई आकर्षित गर्ने क्षमता राख्दछन् । यस राशिको पुरुषको विषयमा यो पनि देखिएको छ कि यिनीहरूको केवल एक इशाराले महिलाहरू घायल हुन्छन् । यी पुरुषहरू अरू भन्दा महिलाहरूको विश्वास जित्न माहिर हुन्छन् ।

सिंह
वस्तुशास्त्रमा देखिएको छ कि सिंह राशिको पुरुष अन्य पुरुषको तुलनामा बढी रोमान्टिक हुन्छन् । यिनीहरू देख्नमा निकै असल र भद्र हुन्छन्, जो कसैसँग पनि बढी बोल्न रुचाउँदैनन् र यिनीहरूको यहि स्वभावले महिलाहरूलाई प्रेममा पागल बनाउँछ ।

तुला
तुला राशि हुने पुरुषहरूको यदि व्यवहारको कुरा गर्दा अरू दोस्रो राशिको पुरुषको तुलनामा निकै रहस्यमय देखिन्छ । यस राशिका पुरुषहरूले बढी कोशिश नगर्दा पनि महिलाहरू यिनीहरू प्रति आकर्षित हुन्छन् । यति मात्र नभई महिलाहरू यी पुरुषसँग मित्रता बढाउन निकै उत्साहित हुन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?