युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन
सारांश
- काठमाडौं, माघ २८ ।
- नामिबियामा जारी आईसिसी वल्ड क्रिकेट लिग डिभिजन दुईअतर्गत आफ्नो तेस्रो खेलमा नेपाल अहिले यूएईसँग भिडिरहेको छ।
- टस हारेपछि ब्याटिङको निम्ता पाएको यूएईले १० ओभरको खेल समाप्तीमा तीन विकेट गुमाएर ३६ रन जोडेको छ।
काठमाडौं, माघ २८ । नामिबियामा जारी आईसिसी वल्ड क्रिकेट लिग डिभिजन दुईअतर्गत आफ्नो तेस्रो खेलमा नेपाल अहिले यूएईसँग भिडिरहेको छ। टस हारेपछि ब्याटिङको निम्ता पाएको यूएईले १० ओभरको खेल समाप्तीमा तीन विकेट गुमाएर ३६ रन जोडेको छ। सोमपाल कामीले दुई र करन केसीले एक लिएका हुन्।
यूएईले एक रन जोड्दा असफाक अहमदलाई सोमपाल कामीले बोल्ड आउट गरे । सोमपालले लगातार तेस्रो खेलमा विपक्षिको पहिलो विकेट लिएका हुन् । उनले पहिलो ओभरको तेस्रो बलमा असफाकलाई गोल्डेन डक आउट बनाए । यूएईले २५ रन जोड्दा दोस्रो विकेट गुमायो । सोमपालले १६ रनमा खेलिरहेका विकेटकिपर घुलाम सब्बिरलाई क्याच आउट गराए। सोही स्थितीमा करनले रोहन मुस्ताफालाई सात रनमा आउट गरे।
वर्षाका कारण यो खेल ३४ ओभरमा घटाईएको छ। पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो। नेपाली टोलीमा यसअघि दुई खेलमा खेलेका सबै खेलाडीलाई यूएईविरुद्ध पनि निरन्तरता दिईएको छ।
Bishnu Karki
ramro garirako xa aaahile samma
Bishnu Karki
sompal le ramro balig ramro xa