मजदुर (कविता)
सारांश
- निर्धक्क!
- आफैले ठड्याएका महल मुन्तिर दुःख हरुको अचार थिँच्दै घुँन्, लागेका कनिका उँसिनेर उ,खुसीसंगै आन्द्राहरु टाल्दछ।
- पीडाको धुवाँभित्रै समाधान बिछ्याएर सुषुप्त,लालाबालाहरु पाल्दछ।
निर्धक्क!
आफैले ठड्याएका महल मुन्तिर
दुःख हरुको अचार थिँच्दै
घुँन्, लागेका कनिका उँसिनेर
उ,खुसीसंगै आन्द्राहरु टाल्दछ।
पीडाको धुवाँभित्रै समाधान बिछ्याएर
सुषुप्त,लालाबालाहरु पाल्दछ।
उसैले उभ्याएका कयौं अग्ला टावरहरु
सग्लामान्छे,नभएर रित्तो बसेकाछन!
ओतसम्म नपाएर
मान्छेहरु सडकमै खसेकाछन१
मजदुर!
उसलाई,स्वयं आफैले जोडेका
सिमेन्ट,इँट्टा र भित्ताहरुले पनि
निश्रीक्क! हाँस्दै जिस्क्याउँछ।
कयौं छतहरु बिछ्याएको उसलाई
उध्रीएको,आफ्नै धुरिले समेत खिस्याउँछ!
तर अहँ!
गह्रुगो घन ढुंगामा हिर्काउँछ
र,उछिट्टिएका उनै च्वइँटाहरुमा सजाउँछ जीवन।
प्रवाह छैन उसलाई
उडेका, चराहरु भुइँमै बजारिने गर्मिसंग
खाँचोछैन, दाँतखटखटाउने ठिहीसंग
गैती, बेल्च र घनहरु नै
कर्म, ठान्दछ उ।
मजबुरीहरु सम्याउन
मजदुरि, धर्म मान्दछ उ।
किनकी!
त्यो, पसिनामा बदमासी छैनकतै!
घुँन् दौडिने त्यो कनिकामा
जालझेल भेटिदैन कतै।
त्यसैलेत मजदुर, मजबुर हुँदापनि
गर्व, गर्दछ मजदुरि गर्नुमा।
पाखुरी उदाएरै मजबुरी टर्नुमा !!
( उमेश बन्जाडे, लमही दाङ, हाल क्वालालम्पुर, मलेसिया
संसारका मजदुर एक हौ!!मजदुर दिवसको सबैमा शुभकामना..!!
Umesh Banjade
धन्यवाद शिखरन्युज !