नगर बस्तीमा बङुर पालन र बधशाला !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
नगर बस्तीमा बङुर पालन र बधशाला !

सारांश

  • काठमाडौ जिल्ला बासी नगर बासी भएको पनि धेरै भयो तर नगरबासी भएको मह्सुस कर तिर्न जादा मात्र आफुले गरेको अनुभव धेरै जनाको छ ।
  • कुनै सस्था , कम्पनी दर्ता गर्न , सिफारिस बनाउदा र कर तिर्दा जस्कनै पर्ने परिस्थिती छ ।
  • बाटो घाटो , खानेपानी, यातायात र स्वच्छ वातावरणको कुरा गर्ने हो भने कहालीलाग्दो छ ।

काठमाडौ जिल्ला बासी नगर बासी भएको पनि धेरै भयो तर नगरबासी भएको मह्सुस कर तिर्न जादा मात्र आफुले गरेको अनुभव धेरै जनाको छ । कुनै सस्था , कम्पनी दर्ता गर्न , सिफारिस बनाउदा र कर तिर्दा जस्कनै पर्ने परिस्थिती छ । बाटो घाटो , खानेपानी, यातायात र स्वच्छ वातावरणको कुरा गर्ने हो भने कहालीलाग्दो छ । अब जन प्रतिनिधि चुनिएर आएका छ्न केही त होला भनेर जनताहरु आशाको त्यान्द्रो सङ्गै बिकासे सपान कुरिरहेका छन।

अब एकै छिन कुरा गरौ बुढानिलकण्ठ नगरपालिका र गोकर्णेस्वर नगरपालिका सिमानामा पर्ने पैयाटार र आरुबारीको ।

यी दुई टोललाइ छुट्टाएको छ यज्ञमती खोलाले । आरुबारुको पैयाटार पारी पाखा र खेतमा केही बर्ष अघि देखि बङुर पालन ब्यबसाय सन्चालन हुँदै आएको छ। सुरु मा बस्ती पनि पातलो र ब्यबसाय पनि कम थियो । अहिले बस्ती पनि ह्वात्तै बढेको छ र सो ब्यबसायले पनि डाडापाखा ढाकेको छ । सयौ ब्यक्तीले रोजगारि त पाएका छ्न तर त्यसको असर आरुबारी र पैयाटार बासिहरुले भोग्नु परिरहेको छ । घाम मज्जाले लागेको बेलामा र सरर हावा चलेको बेला परपरसम्म दुर्गन्ध फैलाइरह्को छ । काग र कुकुरले हड्डी झुन्डाउदै हिडेको दृश्य सजिलै देख्न सकिन्। यज्ञमति खोलाको कुरा गर्ने हो भने पहिलाको बिस्णुमतीलाइ सम्झाउने खालको छ।

पैयाटारको पस्चिमी सिमानामा पर्ने गुरुङटोल पैयाटारको बिकसित भाग हो जहाँ धेरै गुरुङहरुको बौल्यता छ। ठुला ठुला महल , जताततै कालो पत्रे सडक तर त्यहि नजिक छ अव्यवस्थित बधशाला । दुर्गन्ध , फोहोर अनि अ्मानबिय ढंगले आयात हुने थारा भैसीहरुले यहाको सभ्यतालाइ नि गिजाएको देखिन्छ सम्न्धित ठाउमा किन उजुरी नगरेको भनी प्रश्न गर्दा सबै जनाले चिया पसल मा मात्र गफ गर्ने हो । सबैलाइ नाक थुन्न सजिलो छ एक जना स्थानीयले बताए

जनप्रतिनिधि आउनु अघि धेरै चोटि निवेदन दिएको तर सिमानामा रहेको ले दुबै वडाले आस्वास्न दिने तर कार्यनयन नगरेको गुनासो पोखे। जग्गा धनी र ब्यबसाय सन्चालक सङ्ग जिज्ञासा राख्दा सम्झौता सकिए पछि हट्ने जानकारि दिए पनि सम्झौता कहिले सकिने भन्ने बारे बताउन चाहेनन त्यसै गरि स्थानीय बिकासमा चासो देखाउने स्थानीय राजाराम बुढाथोकीले अब यो बङुर र बधशाला दुबै को चर्को बिरोध आएको र जन स्वस्थ्यलाइ प्रत्यक्ष असर पुराइरहेको हुदा छिट्टै आफुले दुबै नगरपालिकाका जनप्रतिनिधिसङ लिखित तथा मौखिक उजुरी पेश गरि समस्या हल गर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?