भट्टराईको हत्या:मुखमा सिरानी कोचि,देब्रे आँखा बाहिर
सारांश
- बिराटनगर भदौ ३।
- सुरक्षा गार्डका रुपमा कार्यरत ५० बर्षका टंक भट्टराईको हत्या भएको छ ।
- विराटनगर-४ पीपलचोक घर भएका भट्टराई विराटनगरको एक हार्डवेयर पसलमा सुरक्षागार्डको काम गर्दै आएका थिय ,उनि हार्डवयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए तर बिहान भैसक्दा पनि न निस्कियपछी स्थानिय ले ढोका खोल्दा मुखमा सिरानी कोचिएको अवस्थामा उनी मृत अवस्थामा फेलापरेका थियो।
बिराटनगर भदौ ३।सुरक्षा गार्डका रुपमा कार्यरत ५० बर्षका टंक भट्टराईको हत्या भएको छ ।विराटनगर-४ पीपलचोक घर भएका भट्टराई विराटनगरको एक हार्डवेयर पसलमा सुरक्षागार्डको काम गर्दै आएका थिय ,उनि हार्डवयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए तर बिहान भैसक्दा पनि न निस्कियपछी स्थानिय ले ढोका खोल्दा मुखमा सिरानी कोचिएको अवस्थामा उनी मृत अवस्थामा फेलापरेका थियो।
नगरपालिका २ धरान रोडस्थितमा रहेको न्यू बिक्की हार्डवेयरका सुरक्षा गार्ड भट्टराईको शव आइतवार विहान पसलको कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी निशान थापाले जानकारी दिए ।सिरानीले मुख थुनेको अवस्थामा उनको शव फेला परेको भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । उनको देब्रे आँखा समेत निकालिएको छ ।
प्रतिक्रिया