निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’

सारांश

  • काठमाडौं २४ मंसिर ।
  •  निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ ।
  • अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं २४ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ ।

अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार साउन ९ गते राति भीमदत्त नगरपालिका १८ भगतपुरको एक पसलबाट कुखुरा चोरी भएको थियो । पसल मालिक पुनित चौधरीले प्रदीपमाथि शंका गरेर सालघारीस्थित प्रहरी बिटमा जाहेरी दिएका थिए ।

त्यसैका आधारमा साउन १० गते विहान १० बजेतिर प्रदीपलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।, कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?