पशुपति क्षेत्रमा वृक्षरोपण

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
२७ पटक हेरिएको
Shares
पशुपति क्षेत्रमा वृक्षरोपण

सारांश

  • काठमाडौँ ।
  • पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ ।
  • पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा पनि रोपिएका छन् ।

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ । पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा पनि रोपिएका छन् ।

कोषको वार्षिकोत्सवमा राष्ट्र कल्याणको सङ्कल्पले तीनवटै मन्दिरमा पूजा, आराधना गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कार्यक्रममा कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारीको उपस्थिति थियो ।

कोषले पशुपति क्षेत्रका खाली जग्गामा धार्मिक प्रजातिका बिरुवा रोपी हुर्काउने नीति लिएको छ । एक कर्मचारी, एक बिरुवा हुर्काउने अभियान कोषको ३७औँ वार्षिकोत्सवका अवसरदेखि सुरु गरिएको उनले बताए । विसं २०४३ वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले कोषको स्थापना भएको थियो ।

कोषले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न प्रत्येक हप्ताको शनिबार विशेष सफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिणी प्रशान्त क्षेत्रीय राष्ट्र फिजीमा ८ दशमलव २ रेक्टर स्केलको भूकम्प
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
सर्लाहीको लालबन्दीमा एमाले अगाडि
सर्लाहीको लालबन्दीमा एमाले अगाडि
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
मेयरलाई ६० लाखको गाडी
मेयरलाई ६० लाखको गाडी
सरकारलाई असफल बनाउन ग्रान्ड डिजाइन : भट्टराई
सरकारलाई असफल बनाउन ग्रान्ड डिजाइन : भट्टराई
मुख्यमन्त्रीका लागि सक्षम छु : नेता राई
मुख्यमन्त्रीका लागि सक्षम छु : नेता राई
परराष्ट्रमन्त्री ज्ञवाली ले वाजपेयीलाई श्रद्धाञ्जली दिए(फोटोहरु)
परराष्ट्रमन्त्री ज्ञवाली ले वाजपेयीलाई श्रद्धाञ्जली दिए(फोटोहरु)
सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु
सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?