आजदेखि हात्तीपाइले विरुद्धको औषधि अभियान
सारांश
- काठमाडौं, १२ फागुन- सरकारले हात्तीपाइलेरोगविरुद्धको आम औषधि सेवन अभियान आजबाट सुरु गरेको छ ।
- अभियान १४ फागुनमा सम्पन्न हुनेछ ।
- औषधि सेवन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न निकायले भ्रामक प्रचारप्रसार गर्दै आए पनि कसैको प्रभावमा नपरी ढुक्क भएर औषधि सेवन गर्न सरकारले आग्रह गरेको छ ।
काठमाडौं, १२ फागुन- सरकारले हात्तीपाइलेरोगविरुद्धको आम औषधि सेवन अभियान आजबाट सुरु गरेको छ । अभियान १४ फागुनमा सम्पन्न हुनेछ । औषधि सेवन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न निकायले भ्रामक प्रचारप्रसार गर्दै आए पनि कसैको प्रभावमा नपरी ढुक्क भएर औषधि सेवन गर्न सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलमेजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यका अनुसार हात्तीपाइलेरोगविरुद्धको औषधि सेवनबाट कुनै समस्या पर्दैन । नेपालमा सन् ००३ देखि आम औषधि सेवन अभियान हुँदै आएको छ । उनले भने, ‘हात्तीपाइलेरोगविरुद्धको औषधि सेवनकै कारण कसैले पनि ज्यान गुमाएका छैनन् ।’
१० करोड औषधि सेवन सकियो
सन् ००३ देखि नेपालमा सुरु भएको हात्तीपाइलेरोगविरुद्धको आम औषधि सेवन कार्यक्रम ०१७ सम्म आइपुग्दा १० करोड मात्रा औषधि प्रयोग भइसकेको छ । निर्देशक आचार्यका अनुसार यसपटक २४ जिल्लाका ९१ लाख ५४ हजार जनतालाई लक्षित गरि हात्तीपाइलेरोगविरुद्धको औषधि खुवाइने भएको छ । हात्तीपाइलेका कति बिरामी छन् भन्ने एकीन तथ्यांक नभए पनि सरकारले सम्भावित जिल्ला तय गरेर हरेक वर्ष औषधि सेवन गराउँदै आएको छ । अभियान सफल बनाउन सरकारले ८ हजार ५ सय ५७ जना स्वास्थ्यकर्मी र ४४ हजार ५ सय २४ जना स्वयंसेवक परिचालन गरेको छ । २४ जिल्लाका लागि ३८ करोड ३५ लाख २१ हजार बजेट विनियोजन भएको निर्देशक आचार्यले बताए ।
औषधि सेवन गरिने जिल्ला
पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर ।
प्रतिक्रिया