युवा नेता रवीन्द्र अधिकारी पोखराको मेयर उम्मेदवार बन्ने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
४२६५ पटक हेरिएको
Shares
युवा नेता रवीन्द्र अधिकारी पोखराको मेयर उम्मेदवार बन्ने  !

सारांश

  • पोखरा, १६ वैशाख ।
  • देशकै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट युवा नेता तथा सांसद रबिन्द्र अधिकारी उम्मेदवार बन्ने भएका छन् ।
  • सांसदको विकास समितिका सभापति समेत रहेका सांसद अधिकारी उठ्ने निश्चित भएको पार्टी स्रोतले जनाएको छ ।

पोखरा, १६ वैशाख । देशकै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट युवा नेता तथा सांसद रबिन्द्र अधिकारी उम्मेदवार बन्ने भएका छन् । सांसदको विकास समितिका सभापति समेत रहेका सांसद अधिकारी उठ्ने निश्चित भएको पार्टी स्रोतले जनाएको छ ।

नेता अधिकारी मेयरमा उठ्ने सम्भावना बलियो भएपछि पोखरामा अन्य पार्टीहरु गठबन्धन निर्माणमा सक्रिय भएका छन् । यसमा विशेषगरि काँग्रेस, माओवादी केन्द्र र राप्रपालगायतले चुनावी गठनबन्धन बनाउने तयारी गरेका छन् ।

एमालेका अधिकारी स्थानीयको रोजाईमा परेका कारण सिफारिस हुनसक्ने सम्भावना भएको स्थानीयबासी समेत बताउँछन् । पोखरामा काँग्रेसले उम्मेदवार सिफारिस गरिसकेको छ भने माओबादी केन्द्रले गरेको छैन ।

(teamtapper.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?