यु-१९ क्रिकेटमा ओमानमाथि नेपालको फराकिलो जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
४७ पटक हेरिएको
Shares
यु-१९ क्रिकेटमा ओमानमाथि नेपालको फराकिलो जित

सारांश

  • ३ वैशाख, काठमाडौं ।
  • नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा ओमानलाई पराजित गरेको छ ।
  • सेलंगोर टर्फ क्लबमा भएको खेलमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

३ वैशाख, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा ओमानलाई पराजित गरेको छ ।

सेलंगोर टर्फ क्लबमा भएको खेलमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको २३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो । ओमानका लागि दुई जना खेलाडीले मात्रै दोहोरो अंकको स्कोर छुन सके । अमानप्रित सिराहले १३ रन बनाए भने जिल तन्नाले १३ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र प्रतिश जिसीले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेटको क्षतिमा २२९ रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले नेपालको पारी सम्हालेका थिए । उनले ७५ रन बनाए । ८१ बलको सामना गरेका रोहितले पाँच चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै ४१ रन बनाए । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, भीम सार्कीले ३९ रन बनाउँदा अभिषेक बस्नेतले १५ रन बनाए ।

नेपालको सुरुवात भने राम्रो हुन सकेन । १२ रन हुँदा ओपनर पवन सर्राफलाई व्यक्तिगत ५ रन गुमाएको नेपालले ३३ रन हुँदा दोस्रो विकेटको रुपमा रित गौतमलाई व्यक्तिगत १० रनमा गुमाएको थियो ।

लगतै अभिषेक र सन्दीप जोरा आउट भएपछि नेपाल दबाबमा आएको थियो । नेपालको एकपछि अर्को विकेट पतन भइरहँदा क्रिसमा कप्तान रोहित भने डटिरहे । रोहितले भीम सार्कीसँग ९३ रनको साझेदारी गरेपछि नेपालको अवस्था केही सुध्रिएको थियो ।

ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रविन्द्र र जिल तन्नाले समान २–२ विकेट लिए ।

अर्को खेलमा भने यूएईले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १३५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले २६.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाको खोप बनाउने क्यारिको र वाइसम्यानलाई
चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाको खोप बनाउने क्यारिको र वाइसम्यानलाई
किन गोही जस्तो देखिन चाहन्छन् यहाँका मानिस ?
किन गोही जस्तो देखिन चाहन्छन् यहाँका मानिस ?
जीवन धान्न गिट्टीको सहारा
जीवन धान्न गिट्टीको सहारा
विनजयजंगविरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिदै
विनजयजंगविरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिदै
यी हुन् पूर्व माओवादी केन्द्रबाट नेकपामा पर्ने ८८ केन्द्रीय सदस्य (नामावलि सहित)
यी हुन् पूर्व माओवादी केन्द्रबाट नेकपामा पर्ने ८८ केन्द्रीय सदस्य (नामावलि सहित)
सभामुख महरा हाँसाेकाे पात्र बनेपछि…
सभामुख महरा हाँसाेकाे पात्र बनेपछि…
रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ
रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)
उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)
सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या
सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या