बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २१, २०७७
|
|
२८ पटक हेरिएको
Shares
बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरले नयाँ प्रस्ताव अगाडि बढाउने भएको छ ।
  • जस अनुसार पार्टी विवादको टुंगो लगाउन समिति बनाउने विषय छ ।

काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरले नयाँ प्रस्ताव अगाडि बढाउने भएको छ । जस अनुसार पार्टी विवादको टुंगो लगाउन समिति बनाउने विषय छ । समितिमा उपाध्यक्ष बामदेव गौतमलाई अगाडि सार्ने तयारी छ ।

विश्वस्त स्रोतका अनुसार बामदेवको नेतृत्वमा समिति बन्ने र त्यसमा सबै पक्षलाई बस्न आग्रह गरिनेछ । समितिले केही दिन लगाएर प्रतिवेदन बनाएर पेश गरी टुंगो लगाइने बुझिएको छ ।

हिजो सचिवालयमा पनि गौतमलाई कार्यदलको संयोजक बन्न सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रस्ताव गरेका थिए । तर, उनले विगतको कार्यदलको प्रतिवेदन कार्यान्वयन नभएको र आफू त्यस्तो कार्यदलको संयोजक नबन्ने जवाफ दिएका थिए ।

प्रचण्डलगायत माधवकुमार नेपाल, झलनाथ खनालसहितको मोर्चाले यसपटक गौतमलाई अगाडि सारेर विवाद मिलाउने प्रस्ताव तयार गर्न आग्रह गरेको बुझिएको छ । यसको प्रस्ताव स्थायी कमिटी बैठक हुँदै अगाडि लाने तयारी भएको छ । यसबारे बामदेव पनि सकारात्मक भएको बुझिएको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले भने, ‘वामदेवलाई चुनावमा लैजाने निर्णय भएको छैन’
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप
सहकारी छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
सहकारी छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा
जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
मनाङबाट कांग्रेसले खोल्यो विजयी खाता
मनाङबाट कांग्रेसले खोल्यो विजयी खाता
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै
अाेली र प्रचण्डले दिए यस्ताे निर्देशन
अाेली र प्रचण्डले दिए यस्ताे निर्देशन

तपाईंले छुटाउनुभयो कि?