घमण्डका कारण चर्चित यी बलिउड अभिनेत्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
घमण्डका कारण चर्चित यी बलिउड अभिनेत्री

सारांश

  • बलिउडमा केही अभिनेत्री यस्ता छन् जो धेरै सफल भएका छन् तर उनीहरुमा कहिलेकाहीं देखिने घमण्डका कारण विवादमा अाउँछन् ।
  • उनीहरुले कहिलेकाहीँ यस्ता कुरा भन्छन या गर्छन जसले उनीहरुले घमण्डी बनाउँछ ।
  • पर्दामा निर्दोष, सोझी, सिधा देखिने अभिनेत्रीहरु वास्तविक जीवनमा निकै घमण्डी छन् ।

बलिउडमा केही अभिनेत्री यस्ता छन् जो धेरै सफल भएका छन् तर उनीहरुमा कहिलेकाहीं देखिने घमण्डका कारण विवादमा अाउँछन् । उनीहरुले कहिलेकाहीँ यस्ता कुरा भन्छन या गर्छन जसले उनीहरुले घमण्डी बनाउँछ । पर्दामा निर्दोष, सोझी, सिधा देखिने अभिनेत्रीहरु वास्तविक जीवनमा निकै घमण्डी छन् । आज हामी तिनै घमण्डी अभिनेत्रीहरुको बारेमा कुरा गर्नेछौं र उनीहरुको सूची तयार गरेका छौं । यी हुन् ती घमण्डी अभिनेत्रीहरु:

१ श्रद्धा कपूर

यस सूचीमा पहिलो नाम आउँछ अभिनेत्री श्रद्धा कपूर । श्रद्धा कपूर हिन्दी सिने जगतको एक प्रसिद्ध अभिनेत्री हुन् तर उनी पटक-पटक आफ्नो रिस नियन्त्रण गर्न असफल भएकी छिन् । आफ्नो रिसको कारण उनी पटक-पटक मिडिया र फोटोग्राफरसँग भट्केकी थिईन । त्यसकारण उनको नाम यस सूचीमा समावेश गरिएको हो ।

२ रेखा

सदाबहार अभिनेत्री रेखा पनि घमण्डी अभिनेत्रीहरुको सूचीमा परेकी छिन् । यद्यपि टिभीमा उनलाई देखेर कसैले पनि भन्न सक्दैनन् कि उनी घमण्डी हुन् सक्छिन् । तर पत्रकारले धेरै पटक उनको क्रोधको सामना गर्नुपरेको भारतीय मिडियाहरुले बताएका छन् । मिडियाले रेखालाई उनको र अमिताभको बारेमा सवाल गर्दा उनको अनुहार क्रोधले रातो हुने गर्दछ ।

३ राखी सावन्त

‘ड्रामा क्वीन’ को नामले चर्चित राखी सावन्तको नाम पनि यस सूचीमा समावेश गरिएको छ । राखी पछिल्लो दिनहरुमा कुनै न कुनै कारण सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्चामा छाईरहेकी छिन् । बलिउडका प्रसिद्ध कलाकारहरुले उनलाई घमण्डी अभिनेत्रीको रुपमा गन्ती गर्ने गरेका छन् । यसको मुख्य कारण उनले दिने बयान हो । उनी आफ्नो बयानको कारण सधैँ चर्चामा रहन्छिन ।

४ मलाइका अरोडा

घमण्डी अभिनेत्रीहरुको सूचीमा मलाइका अरोडाको नाम पनि परेको छ । धेरै पटक मिडियाले मलाइकाले गरिब माग्ने व्यक्तिहरुसँग कठोर रुपमा प्रस्तुत भएको दृश्य कैद गरेका छन् । हालै पनि एक भिखारीले मलाइकासँग पैसा मागेको थियो तर उनले ब्याग नभएको बहाना गरेकी थिईन ।

५ हेमा मालिनी

‘ड्रिम गर्ल’ हेमा मालिनीको नाम पनि घमण्डी अभिनेत्रीहरुको सूचीमा समावेश गरिएको छ। धेरै पटक आफ्नो क्रोधको कारण उनी मिडियासँग भट्केकी थिईन । हेमाले क्रोधको समयमा निकै अशिष्ट कुरा गर्ने गरेकी छिन् । हालै हेमालाई एक विमानस्थलमा देखा परेकी थिईन र मिडियाले उनलाई कहाँबाट आउनुभएको भनी सवाल गर्दा उनले अशिष्ट जवाफ दिएकी थिईन ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?