अमेरिकी राष्ट्रपतिको उत्तर कोरियामा २० पाइला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
३० पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपतिको उत्तर कोरियामा २० पाइला

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार उत्तर कोरियामा २० पाइला राखे ।
  • उनले पहिलो पाइला राख्दै गर्दा उत्तर कोरियाका नेता किम जोङ उनले हात देखाएर स्वागत गरिरहेका थिए ।
  •  सिनेमाको सुटिङ झै लाग्ने यो दृश्य खिच्न पत्रकारहरु क्यामरा लिएर वरिपरि घुमिरहेका देखिन्थे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार उत्तर कोरियामा २० पाइला राखे । उनले पहिलो पाइला राख्दै गर्दा उत्तर कोरियाका नेता किम जोङ उनले हात देखाएर स्वागत गरिरहेका थिए । सिनेमाको सुटिङ झै लाग्ने यो दृश्य खिच्न पत्रकारहरु क्यामरा लिएर वरिपरि घुमिरहेका देखिन्थे । ट्रम्पलाई भेट्ने वित्तिकै किमले आफूले उनलाई यस्तो ठाउँमा भेट्छु भनेर कहिले आशा नगरेको बताए ।

ट्रम्पले आफूभन्दा होचा र ४० वर्ष कान्छा किमलाई धाप मारे । २० पाइला उत्तर कोरियामा राखेपछि उनी किमसँगै दक्षिण कोरियातर्फ बढे । जहाँ उनीहरुबीच भेटवार्ता भयो । ट्रम्पले उत्तर कोरियाली भूमिमा टेकेर सांकेतिक रुपमा सम्बन्धको नयाँ युग शुरु भएको सन्देश दिन खोजे । यो किमसँग उनको तेस्रो भेट हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?