विवादास्पद अभिव्यक्तिले धरापमा मेटमणिको पद

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २९, २०८१
|
|
३९ पटक हेरिएको
Shares
विवादास्पद अभिव्यक्तिले धरापमा मेटमणिको पद

सारांश

  • काठमाडौं।
  • चार वर्षअघि आफ्नो आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीको राजनीति सकियो।
  • नेपालको राष्ट्रियता, सीमा र तत्कालीन सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएकी गिरीको सांसद पदमात्रै गएन उनको राजनीतिक करियर नै सकियो।

काठमाडौं। चार वर्षअघि आफ्नो आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीको राजनीति सकियो।

नेपालको राष्ट्रियता, सीमा र तत्कालीन सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएकी गिरीको सांसद पदमात्रै गएन उनको राजनीतिक करियर नै सकियो। अहिले उनी मूलधरको राजनीतिक सिनमा कतै देखिएकी छैनन्।

गिरीले २०७७ जेठमा संसद्मै सरकारले जारी गरेको नक्सा देशको नभएको अभिव्यक्ति दिएकी थिइन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्वीकार नगर्ने अभिव्यक्ति दिएकी थिइन्।

यतिमात्रै होइन सांसद गिरीले नेपालको संविधान संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्सा अनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने मागसमेत गरेकी थिइन्। आफ्नो विवादास्पद अभिव्यक्तिमा अडिग रहेपछि न उनको सांसद पद रहृयो न राजनीतिक करियर नै।

संसद्, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट राष्ट्रियता जस्तो संवेदनशील विषयमा लगातार आपत्तिजनक अभिव्यक्ति दिएर गिरीले राजनीतिबाट हात धोएको चार वर्षपछि नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरी फेरि उस्तै विवादमा फसेका छन्।

एक टेलिभिजन अन्तर्वार्तामा लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी विवादमा फसेका हुन्। भदौ २५ गते प्राइम टिभीमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा चौधरीले महाकाली सन्धिपछि भारतले कालापानी क्षेत्रमा आफ्नो दाबी गर्न थालेको जिकिर गरेका हुन्।

अन्तर्वार्तामा उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले लिनसक्ने बताएका थिए। सुरुमा हेरौं अन्तर्वार्तामा उनले के भनेका थिए? ‘महाकाली सन्धिपछि भारतले महाकाली नदी मेरो पनि आधा हो भनेर दाबी गर्न थाल्यो। पहिले नदी बेच्ने, अनि सरकारले चुच्चे नक्सा निकाल्यो, यसकारण भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले आफ्नो दाबी प्रस्तुत गरेको छ,’ धमलासँगको अन्तर्वार्तामा चौधरीले भनेका थिए, ‘मलाई लाग्छ उसको (भारत) दाबी पुग्छ। दाबी पुग्छ, उसले लान पाउँछ।’

चौधरीले सीमा नाघेर बोलेको सुनेपछि धमलाले पूरक प्रश्न गरे- तपाईंले लिम्यिाधुरा, लिपुलेक र कालापानी भारत हो भनेर घोषणा गर्नुहुन्छ? जवाफमा चौधरीले भने, ‘भारतको हो नि, त्यो चुच्चे नक्सा मेरो देशको भन्न मिल्छ? यस्तो फटाहागिरी काम कसैले गर्नु हुँदैन। म अहिले पनि भन्छु त्यसबेला नेकपा एमालेको भूमिकामा गल्ती थियो। कोशी र गण्डकी नदी बेच्ने काम भयो। पछिल्लो महाकाली सन्धि गर्दाखेरी त्यो भूमि अहिले भारतले दाबी गरिरहेको छ। उसको दाबी पुग्छ। तर, आज मान्छेलाई भ्रमित पार्ने काम भइरहेको छ। मान्छेलाई बेवकुफ बनाउन चुच्चे नक्सा बनाइयो ।’

यही अभिव्यक्तिका कारण अहिले मेटमणि पनि सरिताजस्तै चरम विवादमा तानिएका छन्। आफ्नो जिब्रोमा लगाम लगाउन नसक्दा उनी विवादमा मात्रै फुसेका छैनन्, सांसद र उपमहासचिव पद नै धरापमा पर्ने देखिएको छ। राष्ट्र र राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको भन्दै सरिताजस्तै मेटमणिलाई पनि कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ। बेलगाम बोलीमा लगाम लगाउन नसक्दा उनीमाथि कारबाही गर्न एकीकृत समाजवादीलाई पनि दबाब छ । तर, पार्टीले भने हाल स्पष्टीकरणमात्रै सोधेको छ।

तत्कालीन सरकारले २०७७ जेठ ७ गते चुच्चे नक्सा जारी गरेको थियो। जसमा नेपाली संसद्ले अभूतपूर्व एकता प्रदर्शन गर्दै संविधान संशोधन गरेर आफ्नो मानचित्र घोषणा गरेको थियो। जेठ ३१ मा प्रतिनिधिसभाबाट संविधान संशोधन गर्दै नयाँ नक्सा सर्वसम्मत अनुमोदन भएको थियो। नेपालभित्र सबैजसो निकायमा सोही नक्सा प्रचलनमा रहे पनि अन्तर्राष्ट्रिय समुदायबाट भने खुलस्त समर्थन (मान्यता) पाएको छैन। यसैबीच, गत वैशाख २१ गते बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले नेपाली एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो।

विवादित अभिव्यक्ति दिएका चौधरीलाई उनको पार्टी एकीकृत समाजवादीले स्पष्टीकरण सोधेको छ। टिभी अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर एकीकृत समाजवादीले उपमहासचिव चौधरीसँग स्पष्टीकरण सोधेको हो। महासचिव घनश्याम भुसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन्।

प्रमुख सचेतकसमेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेका थिए। चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देन दिइएको छ।

‘तपाईंले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ उसको दाबी पुग्छ, भारतले लिन पाउँछ, कालापानी र लिपुलेक भारतको हो नि’ भन्नुभएको रहेँछ,’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘अनेकौं तथ्यहरूले उक्त भू-भाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भू-भाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौम सत्ताविरुद्ध तपाईंले किन बोल्नु भएको हो।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी उपमहासचिव मेटमणि चौधरीले नेपालको भूमि विदेशीको हो भनेर आपत्तिजनक अभिव्यक्ति दिएको बताएका छन्। नेपाली रेडियो नेटवर्कको एक कार्यक्रममा नेता खनालले चौधरीले एकीकृत समाजवादीको समर्थकले समेत बोल्न नहुने कुरा बोलेको बताए। मेटमणिलाई पार्टीले कारबाही गर्ने उनको भनाइ छ। ‘त्यो अत्यन्त आपत्तिजनक कुरा हो।

एकीकृत समाजवादीको सामान्य सदस्यमात्रै होइन, समर्थकले पनि त्यस्तो कुरा सोच्न सक्दैन। आफ्नो भूमिलाई विदेशीको हो भनेर एकीकृत समाजवादीको नेताले बोल्ने कुरा पार्टी र देशविरोधी हो,’ उनले भने, ‘कसरी मेटमणिको मुखबाट यस्ता कुरा निस्किए ? म आफैं आश्चर्य चकित भएको छु । त्यसबारेमा पार्टीले स्पष्टीकरण सोधिसकेको छ । यो कुरालाई हामी गम्भीरतापूर्वक लिन्छौं। हामी कारबाही गर्छौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून
आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून
ड्युटीमा बसेका हवल्दारको मृत्यु
ड्युटीमा बसेका हवल्दारको मृत्यु
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
लाखौँको घरेलु मदिरा नष्ट !
लाखौँको घरेलु मदिरा नष्ट !
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
अमर बनेर परलोक भए राष्ट्रकवि माधव घिमिरे
अमर बनेर परलोक भए राष्ट्रकवि माधव घिमिरे
पत्रकार सविन शाक्यद्वारा आत्महत्या
पत्रकार सविन शाक्यद्वारा आत्महत्या
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ

तपाईंले छुटाउनुभयो कि?