पुलबाट बस खस्दा च्यापिएर २ को मृत्यु, २ महिलालाई खोलाले बगायो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
३० पटक हेरिएको
Shares
पुलबाट बस खस्दा च्यापिएर २ को मृत्यु, २ महिलालाई खोलाले बगायो

सारांश

  • श्रावण १२, २०७४- लमजुङ र कास्की जोड्ने रुदी दोभानको अस्थायी पुलबाट बस खस्दा दुई जनाको चेपिएर मृत्यु भएको छ ।
  • दुई महिलालाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।
  • बाढीले पुलको जग कमजोर बनाएपछि जग हल्लिएको र पूल समेत भाँचिन जाँदा बस खसेको यात्रुहरुले बताएका छन् ।

श्रावण १२, २०७४- लमजुङ र कास्की जोड्ने रुदी दोभानको अस्थायी पुलबाट बस खस्दा दुई जनाको चेपिएर मृत्यु भएको छ । दुई महिलालाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।

बाढीले पुलको जग कमजोर बनाएपछि जग हल्लिएको र पूल समेत भाँचिन जाँदा बस खसेको यात्रुहरुले बताएका छन् । चेपिएर मृत्यु भएका दुई जना पुरुष रहेको उनीहरुले बताएका छन् । उनीहरुको उद्धार हुन सकेको छैन । पानीभित्रै रहेकाले बस उद्धारका लागि क्रेन चाहिने र भोर्लेटारबाट क्रेन ल्याउने तयारी भइरहेको घटनास्थल पुगेका भोर्लेटारका प्रवेश घिमिरेले बताए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट गएका प्रहरी पुगेका छन् । गम्भीर घाइते १४ जनालाई उपचारका लागि पोखरा र लमजुङको रामबजारतर्फ पठाइएको छ । रामबजारतर्फ पठाएका घाइतेको प्राथामिक उपचारपछि पोखरा लगिएको प्रहरीले जनाएको छ ।

बसमा सवार लमजुङको भोर्लेटारका अपिलराज पौडेलका अनुसार पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैंचा जाँदै गरेको यात्रुबहाक बस बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । उनका अनुसार रुदी र मादी दोभानको रुदीखोला माथिको पुलको जग हल्लिनुका साथै ट्रस भाँचिएर ना५ख ६३९५ नं. को यात्रुबहावक बस खोलामा खसेको हो ।

डीएसपी समीरचन्द्र खरेलले २ जना बसभित्र चेपिएको र १ जनालाई बगाएको खबर आएको बताए । इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर राधेश्यामसिंह सैथवारसहितको टोली घटनास्थलतर्फ खटाएको उनले बताए । उनका अनुसार बसमा करिव ३५ यात्रु थिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।इकान्तिपुर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
निर्मला पन्त हत्याअान्दाेलनकाे नाममा  विकास समितिको जग्गा मिच्दै !
निर्मला पन्त हत्याअान्दाेलनकाे नाममा विकास समितिको जग्गा मिच्दै !
दोलखामा नेकपा माओवादी केन्द्रका कार्कीको सुरुवाती अग्रता
दोलखामा नेकपा माओवादी केन्द्रका कार्कीको सुरुवाती अग्रता
११ वर्षको उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी स्मिता को हुन् ?
११ वर्षको उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी स्मिता को हुन् ?
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो
कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो
संशोधन प्रस्ताव अघि नबढ्ने भयो;कांग्रेस नेता निधि
संशोधन प्रस्ताव अघि नबढ्ने भयो;कांग्रेस नेता निधि
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे

तपाईंले छुटाउनुभयो कि?