यौनकर्मीसँग हुक्किएका मुख्यमन्त्री गुरुङले यस्तो राखे अचम्मको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
यौनकर्मीसँग हुक्किएका मुख्यमन्त्री गुरुङले यस्तो राखे अचम्मको प्रस्ताव

सारांश

  • काठमाडौं, २६ भदौ ।
  • यौनकर्मीसँग हुक्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटा नयाँ प्रस्ताव गरेका छन् ।
  • यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीहरुलाई परिचयपत्र दिने वा “रेडलाइट एरिया” तोकेर उनीहरुबाट कर पनि उठाउन सकिने काइदा निकालेका छन् ।

काठमाडौं, २६ भदौ । यौनकर्मीसँग हुक्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटा नयाँ प्रस्ताव गरेका छन् । यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीहरुलाई परिचयपत्र दिने वा “रेडलाइट एरिया” तोकेर उनीहरुबाट कर पनि उठाउन सकिने काइदा निकालेका छन् ।

होटल संघ नेपालले पोखरामा राखेको एउटा कार्यक्रममा यौनकर्मीहरुलाई परिचयपत्र दिने वा “रेडलाइट एरिया” निर्धारण गरिनुपर्ने प्रस्ताव राखे । “जति रोक्न खोजे पनि भित्रभित्रै धन्दा चलेकै छ”, मुख्यमन्त्री गुरुङले भने, “बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।” लुकेर धन्दा चल्दा केही निश्चित मान्छेले मात्रै फाइदा लिएको बताउँदै मुख्यमन्त्री गुरुङले थपे, “प्ररिचयपत्रको व्यवस्था गरे थोरे थोरै कर पनि आउँथ्यो । त्यसो गरेमा पोखराको होटल व्यवसाय अझै फस्टिने मौका पाउने दावी समेत उनले गरे ।

परिचयपत्र भए प्रहरीले होटलमा छापा मारिरहने झन्झट पनि गर्नुनपर्ने उनको भनाइ थियो । विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउने क्रममा सरकारी अतिथिगृहमा नबसी लेकसाइड जाने गरेको उनले बताए । कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको आसय थियो । यस विषयमा खुला दिलले छलफल गर्नुपर्ने बेला आएको मुख्यमन्त्री गुरुङको भनाइ थियो । होटल संघले आयोजना गरेको “नेपालको पर्यटकीय राजधानी पोखरा तथा दक्षिण एसियाको पर्यटन प्रवेशद्वार” विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?