रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद (सम्झौता पत्रसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
४९ पटक हेरिएको
Shares
रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद (सम्झौता पत्रसहित)

सारांश

  • निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीको पारपाचुके हुने भएको छ ।
  • उनका श्रीमान चित्रजंग शाहीले सामाजक सञ्जालमा पारपाचुकेको लिखित सम्झौता सार्वजनिक गरेका छन् ।
  •  १६ असोजको मिति लेखिएको सम्झौतामा रोशनी शाही र चित्रजंग शाही अलग बस्ने उल्लेख छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीको पारपाचुके हुने भएको छ । उनका श्रीमान चित्रजंग शाहीले सामाजक सञ्जालमा पारपाचुकेको लिखित सम्झौता सार्वजनिक गरेका छन् । १६ असोजको मिति लेखिएको सम्झौतामा रोशनी शाही र चित्रजंग शाही अलग बस्ने उल्लेख छ ।

सम्झौताको तल दुवैको हस्ताक्षर छ । चित्र जंग शाहीले अंग्रेजीमा र रोशनी शाहीले नेपाली भाषमा हस्ताक्षर गरेका छन् । सम्झौतामा भनिएको छ, प्रिय जनहरु थुप्रै उतारचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गति सँगै असहमति असन्तुष्टि आउँदारहेछन् । तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताको साथ ।

तर, दुवैबीच औपचारिक रुपमा पारपाचुके भएको छैन । कानुनी प्रक्रिया पूरा नभइसकेको सम्झौतामा उल्लेख छ । यसका लागि दशैं बिदापछि मात्र सम्भव छ । महरालाई गम्भीर आरोप लगाएपछि चित्रजंग चिढिएका थिए । उनले महराको बचाउ समेत गरेका थिए । चित्रजंग स्वास्थ्य क्षेत्रमा काम गर्छन् । उनी नेपाल सरकारको अधिकृत हुन् । जाजरकोट घर भएका शाही र रोशनीबीच २८ वर्ष अघि विवाह भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो
नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ?
नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको, सभापति देउवा ४ मन्त्रालय दिन तयार
नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको, सभापति देउवा ४ मन्त्रालय दिन तयार
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
इरानमा प्रदर्शन चर्किँदै, सर्वोच्च नेताविरुद्ध पनि नाराबाजी
इरानमा प्रदर्शन चर्किँदै, सर्वोच्च नेताविरुद्ध पनि नाराबाजी
बङ्गलादेशमा चीनले विकास गरिरहेको कोरोना भ्याक्सिनको परिक्षणको पहल
बङ्गलादेशमा चीनले विकास गरिरहेको कोरोना भ्याक्सिनको परिक्षणको पहल
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार
२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार