यौनकर्मी खोज्दै गेष्ट हाउसमा छापा मार्दै प्रहरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
३२ पटक हेरिएको
Shares
यौनकर्मी खोज्दै गेष्ट हाउसमा छापा मार्दै प्रहरी

सारांश

  • कोरोना भाइरसको महामारीले आर्थिक संकट बढिरहँदा यौनकर्मीहरु ठुलो संकटमा परेको खबरहरु आइरहेको छ ।
  • नेपालमा यौन व्यवसाय वैध नभएपनि यो क्षेत्रमा लाग्नेको संख्या हजारौं ।
  • तर, प्रहरीले यस्तो व्यवसाय गर्नेहरुलाई बेला बेलामा छापा मारेर पक्राउ गर्दै छाड्ने गरेको छ ।

कोरोना भाइरसको महामारीले आर्थिक संकट बढिरहँदा यौनकर्मीहरु ठुलो संकटमा परेको खबरहरु आइरहेको छ । नेपालमा यौन व्यवसाय वैध नभएपनि यो क्षेत्रमा लाग्नेको संख्या हजारौं । तर, प्रहरीले यस्तो व्यवसाय गर्नेहरुलाई बेला बेलामा छापा मारेर पक्राउ गर्दै छाड्ने गरेको छ ।

दशैं नजिकिदै गर्दा भक्तपुरमा यौनधन्दाको आरोपमा १४ जना पक्राऊ परेका छन् । ठिमी क्षेत्रको गेष्ट हाउसमा छापा मारेर सात महिला र गेष्ट हाउस सञ्चालकलाई पक्राऊ गरेको हो । कोरोना भाइरसको महामारीबीच यौनधन्दा चलाएको अभियोगमा उनीहरु पक्राऊ परेका हुन् ।

रोचक पक्ष यो छ कि उनीहरुमाथि प्रहरीले यौनधन्दा चलाएको अभियोगमा भने पक्राऊ पूर्जी जारी गर्न मिल्दैन किनभने नेपालमा यौन व्यवसायलाई अवैध भनिएको छैन । अदालतले यसलाई स्पष्ट अवैध नभएको भनी व्याख्या गरिसकेको छ । तर, यसलाई वैध पनि भनिएको छैन ।

प्रहरीले यसरी यौनधन्दामा संलग्न भनी कारबाही गर्नेलाई सार्वजनिक अपराध, जिउ मास्ने बेच्ने जस्ता अभियोगमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्दै आएको छ ।

यसपटक पक्राऊ परेका महिलाहरु २० देखि २५ वर्ष आसपासका छन् । गेष्ट हाउस सञ्चालक पनि पक्राउ परेका छन् । विगतमा पनि यस्तै गरी पक्राउ गरिएपनि मुद्दा नचलाई छाडिन गरेको छ । जिल्ला या क्षेत्रमा नयाँ प्रहरी आउँदा यस्ता एक्शन देखिने गरेको छ । चाँडबाँडको बखत पनि प्रहरीले यस्तै कदम चाल्छ । तर, उनीहरुलाई फितलो मुद्दा चलाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?