रिमासँग रोमान्स गर्दै भुवन केसी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २०, २०७६
|
|
१७ पटक हेरिएको
Shares
रिमासँग रोमान्स गर्दै भुवन केसी

सारांश

  • काठमाडौं।
  • देवचुली फिल्म्सको ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ ।
  • सोमबार कमलादीस्थित् गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ ।

काठमाडौं। देवचुली फिल्म्सको ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ । सोमबार कमलादीस्थित् गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ । आजैबाट छायाँकन थालिएको फिल्म देवनारायण भुषालले निर्देशन गर्न लागेको हुन् । यसको लेखन समेत उनले गरेका छन् ।नवलपरासीमा छायाँकन हुने फिल्ममा प्रेमराज दाहालको निर्माण रहने छ । अभिनेता भुवन केसी र अभिनेत्री रीमा विश्वकर्माको जोडीको रुपमा देखिने फिल्ममा भुवनको दोहोरो भूमिका रहनेछ । फिल्ममा उनी खलनायक र नायकको भूमिका दुबैमा देखिने कार्यक्रममा जानकारी दिइयो ।
यो पनि पढ्नुहोस्

फिल्ममा भुवनको र रिमाको अलवा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहने फिल्ममा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् ।हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य फिल्ममा रहनेछ । ‘आफु सधै फरक भूमिका रुचाउने बताउँदै अभिनेता भुवन केसीले खलपात्रको भूमिकाको लागि एक्साइटेट रहेको बताए । त्यस्तै, अभिनेत्री रीमाले भुवनसँग जोडी बाध्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिईन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?