कर र मूल्यबृद्धिकाे समाधान गर्ने उपायकाे खाेजि भइरहेकाे छ: प्रचण्ड
सारांश
- चितवन, २६ साउन ।
- नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताएका छन् ।
- शनिवार बिहान चितवनमा आयोजित संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
चितवन, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताएका छन् । शनिवार बिहान चितवनमा आयोजित संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, – ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो ।’ उनले कर र मूल्यबृद्धि सम्बन्धी जनताको चिन्ता आफूहरुले पनि महशुस गरेको र त्यसलाई सम्बोधन गर्न उपायहरुको खोजी भइरहेको जानकारी दिए । यसप्रति पार्टी र सरकार गम्भीर रहेको पनि उजको भनाई थियो । उनले आफ्ना कामहरुलाई सरकारले बेलाबेलामा समिक्षा गर्दै र जनअनुमोदनलाई सम्बोधन गर्दै गएको स्पष्ट पारे ।
उनले एक अर्को प्रसंगमा भने, –‘वामपन्थी सरकारको सबैसँग सम्वाद, सहकार्य र सहमति गर्ने उद्देश्य हो । सरकारले सुशासन र विकासलाई मुख्य नारा बनाएको छ । यो अवस्थामा अरु कुनै वितण्डता तिर लैजानु भन्दा सबै पक्ष खुलस्त ढंगले सम्वाद, वार्ता र सहमति गर्ने तिर आउनु पर्यो । वितण्डता मच्चाएर केही हुन्छ भन्ने सोच्नु साहै्र ठूलो अज्ञानता बाहेक केही पनि हुन्न ।’
चीन तथा भारतको भ्रमणका बारेमा प्रष्ट पार्दै अध्यक्षले भने, –‘अहिले हामी समृद्धि र विकासको यात्रामा अगाडि बढ्दै गएको परिस्थिति हो । भारत र चीन जाँदा विकास निर्माणका कामलाई गति दिने उद्देश्यले दुबै छिमेकीसँग अझ राम्रो वातावरण बनाउने र सहयोग जुटाउनेमा मेरो भ्रमण केन्द्रीत हुन्छ ।’
सुशील खड्का
timiharule rajyabat khai pai raheko sewa shubidha ghatau kar uthaun kar kar gannai pardain???
Rana Bahadur Lohani
छीटो गर्नू पर्यो
Paswan Ramjanam
Good