भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मतपत्र च्यात्नेको थप सम्मान !
सारांश
- भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन ‘उदाहरणीय काम’ गरेबापत उनको पार्टी माओवादी केन्द्रले त्यहाँँका ‘होनहार’ कार्यकर्ता मधु न्यौपानेलाई पुरस्कृत गरेको छ ।
- उनलाई जिल्ला अध्यक्षको हैसियतले मतपत्र च्यातेको अपराधमा हिरासतमा राखेर छोड्दा नै अबिर माला लगाएर योगदानको कदर गरिएको थियो ।
- तर, त्यतिले नपुगेर यसै साता सम्पन्न युवा दस्ता वाइसिएलको महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा मनोनीत गरी पार्टी र नेतृत्वप्रति अटुट निष्ठाको सम्मान गरिएको हो ।
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन ‘उदाहरणीय काम’ गरेबापत उनको पार्टी माओवादी केन्द्रले त्यहाँँका ‘होनहार’ कार्यकर्ता मधु न्यौपानेलाई पुरस्कृत गरेको छ । उनलाई जिल्ला अध्यक्षको हैसियतले मतपत्र च्यातेको अपराधमा हिरासतमा राखेर छोड्दा नै अबिर माला लगाएर योगदानको कदर गरिएको थियो । तर, त्यतिले नपुगेर यसै साता सम्पन्न युवा दस्ता वाइसिएलको महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा मनोनीत गरी पार्टी र नेतृत्वप्रति अटुट निष्ठाको सम्मान गरिएको हो ।
गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते राति मतपत्र च्यात्ने ‘अनुपम’ काम गरेका कारण उनलाई वाइसिएलको केन्द्रीय सदस्य बनाइएको माओवादी सम्बद्ध नेताहरू नै बताउँछन् । जम्मा ५७० जना प्रतिनिधि उपस्थित वाइसिएल महाधिवेशनमा जीवन घिसिङ, रविन महतोलगायत ५०÷६० जनाले पदको कुरामा असहमति जनाउँदै हल छाडेको जानकारी प्राप्त भएको छ । महाधिवेशन आयोजक समितिको २७ सदस्यीय कार्यालयमध्ये २४ जना बिदा भएका छन् बाँकी ३ जनामध्ये दीपशिखा अध्यक्ष, सुबोधराज शेर्पाली महासचिव र पूजा कार्की उपाध्यक्षको युवा उमेर नकटेको कारण नयाँ कार्यसमितिमा छानिएका छन् । लक्ष्मी चौलागार्इं ‘शैलेन्द्र’, युवराज दुलाल ‘शरद’ र दीपक देवकोटा अध्यक्षको प्रतिस्पर्धामा थिए । यो महाविधेशनपछि वाइसिएलले फौजी गतिविधि छाडेर अब राजनीतिक काममा बढी केन्द्रित हुने रणनीति तय गरेको छ । अहिले सबै दलका युवा संगठनहरूको भूमिका खुम्चिएको देखिन्छ । एमालेको युथ फोर्स, कांग्रेसको तरुण दलमा पनि सुस्तता छाएको छ ।
जनआस्थामा खबर छ .
Hari Prasad Rijal
यस्तै भयरत हाे देश नबनेको
Shyamkishan Shrestha
माओवादी बौद्धिक केन्द्र सायद एहि हो कि
Madhusudhan Wosti
It is no good
Sandip Khatiwada
asata aparad kam gari matpatra chaeyt ne bakati lae .hirasatma rakhaera .paxi jitesakpaxi testa aparadilae saman garnu kati sam ko naylay ko apaman vako xa.
Kishor Menyangbo
महान गाैरवशाली पाटीकाे महान कार्य ।