यौन मनोविज्ञानमा आधारित अनुपम रोशीको मध्यान्तर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
यौन मनोविज्ञानमा आधारित अनुपम रोशीको मध्यान्तर

सारांश

  • काठमाडौं, २७ पुस ।
  • जैविक स्वतन्त्रता र यौन मनोविज्ञानमा आधारित विषयबस्तुमा आफ्ना सशक्त अभिब्यक्ति दिदै आएकी आख्यानकार अनुपम रोशीको चौथौ कृति मध्यान्तर बुधबार एक कार्यक्रम बिच बिमोचन भएको छ ।
  • बरिष्ठ कथाकार माया ठकुरी, लेखक एवम् समीक्षक युग पाठक, डा.

काठमाडौं, २७ पुस । जैविक स्वतन्त्रता र यौन मनोविज्ञानमा आधारित विषयबस्तुमा आफ्ना सशक्त अभिब्यक्ति दिदै आएकी आख्यानकार अनुपम रोशीको चौथौ कृति मध्यान्तर बुधबार एक कार्यक्रम बिच बिमोचन भएको छ ।

बरिष्ठ कथाकार माया ठकुरी, लेखक एवम् समीक्षक युग पाठक, डा. रजनी ढकाल, केशब सिग्देल र लेखक अनुपम रोशीले सो पुस्तकको संयुक्तरुपमा विमोचन गरेका थिए । पुस्तकमाथि टिप्पणी गर्दै कथाकार ठकुरीले अनुपमको कथा लेख्ने शैैली र भाषा निकै गजब रहेको धारणा राखिन् । समीक्षक पाठकले अनुपम रोशीका कथाहरु परम्पराभन्दा भिन्न र शक्तिशाली रहेको विचार ब्यक्त गर्नुभयो । त्यसैगरी रजनी ढकाल र केशब सिग्देलले पनि रोशीको कथा शिल्प, विषय उठान र भाषाको प्रशंसा गरेका थिए ।

यसअघि लेखक अनुपम रोशीका कुमारी आमा, नाङ्गो मान्छे र कालो छाया गरी तीन उपन्यास प्रकाशित छन् । कार्यक्रमको सहजीकरण पत्रकार मणि लोहनीले गरेका थिए । पुस्तक बिएन पुस्तक संसारले बजारमा ल्याएको कार्यकारी प्रमुख सूर्य बीसीले जानकारी दिए ।

(https://aardvarkisrael.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?