प्रदेश २ र ५ मा आजदेखि श्रम, रोजगारसम्बन्धी सेवा शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
१६ पटक हेरिएको
Shares
प्रदेश २ र ५ मा आजदेखि श्रम, रोजगारसम्बन्धी सेवा शुरु

सारांश

  • प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ बाट आजदेखि श्रम तथा रोजगार सम्बन्धी कामहरु सुरु गरिने भएको छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि प्रदेश २ को जनकपुर र प्रदेश ५को बुटवलको श्रम कार्यालयबाट सेवा सुरु गर्ने भएको हो ।
  • मन्त्रालयका अनुसार कार्यालयबाट पुनः श्रम स्वीकृति दिने, वैदेशिक रोजगारसम्बन्धी इजाजत पाएका संस्थाहरु तथा अभिमुखीकरण तालिम दिने संस्थाहरुको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारी सम्बन्धी सूचना दिने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने छन् ।

प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ बाट आजदेखि श्रम तथा रोजगार सम्बन्धी कामहरु सुरु गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि प्रदेश २ को जनकपुर र प्रदेश ५को बुटवलको श्रम कार्यालयबाट सेवा सुरु गर्ने भएको हो ।

मन्त्रालयका अनुसार कार्यालयबाट पुनः श्रम स्वीकृति दिने, वैदेशिक रोजगारसम्बन्धी इजाजत पाएका संस्थाहरु तथा अभिमुखीकरण तालिम दिने संस्थाहरुको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारी सम्बन्धी सूचना दिने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने छन् ।

बैदेशिक रोजगारीमा बढी विेदेशिने प्रदेशलाई लक्षित गरि पहिलो चरणमा दुइ प्रदेशमा सो काम शुरु गरिएको मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले जानकारी दिए ।

मन्त्रालयले बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति लगायतका अत्यावश्यक सेवा प्रवाह गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?