रक्सी खान नपाउने भए श्रीलंकन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १, २०७४
|
|
२५ पटक हेरिएको
Shares
रक्सी खान नपाउने भए श्रीलंकन !

सारांश

  • श्रीलंकामा महिलाले रक्सीजन्य मादकपदार्थ किन्न पाउने गरि ल्याइएको कानुन खारेज गरिएको छ ।
  • पुरुष सरह महिलाले पनि रक्सी किन्न पाउने गरी बनेको कानुन राष्ट्रपति मैत्रिपाला सिरिसेनाले निष्क्रिय भएको घोषणा गरेका हुन् ।
  • यसअघि सरकारले महिलाले पनि पुरुषले सरह रक्सी किन्न पाउने गरी नियम ल्याएको थियो ।

श्रीलंकामा महिलाले रक्सीजन्य मादकपदार्थ किन्न पाउने गरि ल्याइएको कानुन खारेज गरिएको छ । पुरुष सरह महिलाले पनि रक्सी किन्न पाउने गरी बनेको कानुन राष्ट्रपति मैत्रिपाला सिरिसेनाले निष्क्रिय भएको घोषणा गरेका हुन् । यसअघि सरकारले महिलाले पनि पुरुषले सरह रक्सी किन्न पाउने गरी नियम ल्याएको थियो । तर राष्ट्रपति सिरिसेनाले त्यो नियम फिर्ता लिन सरकारलाई निर्देशन दिएका थिए । नयाँ नियममा महिलाले बारमा काम गर्न पाउने व्यवस्था पनि गरिएको थियो ।

तर अब महिलाले बिना पूर्वस्वीकृति बारमा काम गर्न पनि नपाउने भएका छन् । राष्ट्रपति सिरिसेनाले नयाँ नियमका बारेमा आफूले पत्रपत्रिकाबाट थाहा पाएको बताएका छन् । यो थाहा पाउने बित्तिकै आफूले नियम फिर्ता लिन निर्देशन दिएको उनले बताए । श्रीलंका सरकारले गएको बुधबार महिलाले रक्सी किन्न तथा बारमा काम गर्न नपाउने गरी सन् १९५५ मा बनेको कानुनले महिलामाथि विभेद गरेको भन्दै परिमार्जन गरेको घोषणा गरेको थियो । तर राष्ट्रपतिले सरकारको कदममा हस्तक्षप गर्नुभएको हो । राष्ट्रपतिले लैंगिक समानताको कुरालाई गम्भीर रुपले नलिएको धेरैले आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा
मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा
उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु : उद्योगमन्त्री भण्डारी
उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु : उद्योगमन्त्री भण्डारी
तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना
तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार छठ पूजामा सहभागी
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार छठ पूजामा सहभागी
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी
भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने
बालकृष्ण ढुंगेललाई आम माफी नदिन सर्वोच्चमा निवेदन

तपाईंले छुटाउनुभयो कि?