काेराेनाभाइरस : काठमाडौँ उपत्यका सुनसान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ११, २०७६
|
|
४५ पटक हेरिएको
Shares
काेराेनाभाइरस :  काठमाडौँ उपत्यका सुनसान

सारांश

  • काठमाडाैं।
  • विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ।
  •  कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो।

काठमाडाैं। विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ।  कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो।
सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो।
‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ। यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यकाका सडकमा एकदमै कम मात्रामा सवारी साधन चलेको बताए। “लकडाउन गरेसँगै अत्यावश्यक र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका छैनन् ”, उनले भने।
सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको सङ्ख्यामा नगण्य छ।  लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड  पछि पछि  यसरी हिडे   देबी ज्ञवाली
प्रचण्ड पछि पछि यसरी हिडे देबी ज्ञवाली
१७ घण्टापछि मुग्लिङ्ग नारायणगढको सडक दुईतर्फी संचालनमा !
१७ घण्टापछि मुग्लिङ्ग नारायणगढको सडक दुईतर्फी संचालनमा !
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि
दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि
बाबुरामलार्इ देवेन्द्र पाैडेलसहितका नेताले दिए स्पष्टिकरणको यस्तो जवाफ
बाबुरामलार्इ देवेन्द्र पाैडेलसहितका नेताले दिए स्पष्टिकरणको यस्तो जवाफ
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
सत्तारुढ दलकै सांसदहरुले यसरि गरे मन्त्रीहरुको आलोचना
सत्तारुढ दलकै सांसदहरुले यसरि गरे मन्त्रीहरुको आलोचना
क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास
क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
भारतले नेपाललाई बेचेको बिजुलीको भाउ बढायो
भारतले नेपाललाई बेचेको बिजुलीको भाउ बढायो