निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७९
|
|
४० पटक हेरिएको
Shares
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै

सारांश

  • काठमाडौं।
  •  सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि प्रतिनिधि सभामा आज छलफल हुने भएको छ ।
  • विहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठकमा जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव माथि छलफल हुने कार्यसूची संसद सचिवालयले तय गरेको छ ।

काठमाडौं। सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि प्रतिनिधि सभामा आज छलफल हुने भएको छ ।

विहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठकमा जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव माथि छलफल हुने कार्यसूची संसद सचिवालयले तय गरेको छ ।

सङ्घीय संसद सचिवालयले प्रकाशन गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा २०७८ फागुन २९ गतेको बैठकमा माओवादी सांसद देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।

त्यस्तै, बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ ।

(https://whatthefab.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?